Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

सरकार तानाशाह जन्माउन उन्मुख छ : पूर्वमन्त्री खड्का

Sunday, June 17, 2018 National Power

‘प्रधानमन्त्रीको चीन भ्रमण देश र जनताको हितमा होस, हाम्रो शुभकामना छ’ 

काठमाडौं, ३ असार – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले नेपालले भारत र चीन दुवै मित्रराष्ट्रसँग एकै खालको सम्बन्ध कायम गर्न आवश्यक रहेको सुनाए । उनले भने,‘हामीसँग अहिले कसैसँग बढि र कसैसँग कम गर्नुपर्ने बाध्यता र कारण छैन, हामी भारत र चीनको बीचमा छौं, दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्छ।’
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता खड्काले भारतसँग खुल्ला सिमा भएको कारणले सम्बन्ध पनि त्यही अनुसार मजबुद रहेको सुनाए । उनले भने,‘हाम्रो अलिक प्रगाढ सम्बन्ध भारतसँग छ, राजनीति र भूगोलको हिसाबले भारतसँगजस्तो चीनसँग हाम्रो त्यस्तो सम्बन्ध छैन।’ नेपालको अवस्था भारतसँग जति सहजता छ त्यति सहजता चीनसँग नरहेको पनि उनले बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा नेता खड्काले दुवै देशसँग नेपालले समान दृष्टिकोण, समान सम्बन्ध कायम गर्दै दुवै सम्बन्धबाट प्रचुर सदुपयोग गर्नसक्नुपर्ने बताए । उनले भने,‘भारत र चीनको प्रगतिलाई हामीले आत्मसात् गर्नुपर्छ, उनीहरुको प्रगतिबाट हामीले सिक्नुपर्छ, लाभ लिन सक्नुपर्छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सहयोग लिने वाचा गरेको स्मरण गराउँदै नेता खड्काले उक्त सहयोग लिन सक्नुहोस् भन्दै शुभकामना समेत दिए । उनले चीनसँगको नेपालको सम्बन्ध सुमधुर हुन जरुरी रहेको स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्रीको भ्रमण नेपालको हितमा र जनताको हितमा होस्, हाम्रो शुभकामना छ।’

चीनीयाँ लगानी भित्र्याउनको लागि नेपालले वातावरण बनाउनुपर्नेमा उनको जोड छ । उनले भने,‘तर अहिले नेपालमा लगानीमत्रै वातावरण छैन, अहिले सरकारले नीजी क्षेत्रलाई उपहास गरेको छ।’ प्रधानमन्त्री लगायत सरकारका मन्त्रीहरुले यो पनि गर्छौं र त्यो पनि गर्छौं भनेको उल्लेख गर्दै खड्काले भने,‘सरकारले भोलि नै हामी सबै सम्पन्न हुने हो कि भन्नेगरि सपना बाँडेको छ।’

हिजो राणा र पञ्चायतसँग नडराएको कांग्रेस अहिलेपनि कसैसँग डराउँदैन, हामी टुलुटुलु हेरेर बस्दैनौं।’

अहिले सरकारले न्यायालयलाई पनि जकडेर राखेको उनको आरोप छ । उनले भने,‘यो सरकार तानाशाह जन्माउन उन्मुख छ, हाम्रो पार्टी कार्यालयमा प्रहरी लगाई तोडफोड गरेको छ, व्यवसायीहरुमाथि द्धेष पालेको छ।’ सरकारको यही र यस्तै रवैया रही रह्यो भने कांग्रेस चुप लागेर नबस्ने उनको चेतावनी छ । उनले भने,‘हिजो राणा र पञ्चायतसँग नडराएको कांग्रेस अहिलेपनि कसैसँग डराउँदैन, हामी टुलुटुलु हेरेर बस्दैनौं।’


फरक प्रसँगमा उनले संखुवासभा जिल्लामा निर्माणाधिन अरुण तेस्रो जलविद्युत परियोजनाको निर्माण कार्यमा खटिएका ४ जना मजदुरहरुको यसअघि निधन भएको भनिएपनि उनीहरुको सकुशल उद्धार भएको पनि जानकारी दिए । उनले भने,‘उहाँहरुको सकुशल उद्धार भएको छ, उद्धारमा खटिनुहुने सेना, प्रहरी लगायत सबैमा म प्रशंसा तथा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।’