Sunday 14th July 2024

    University of Wolverhampton Visit in Nepal    चलचित्र कलाकार संघ र महर्षि वैदिक फाउण्डेसनको ध्यान एवं योगासनको अभ्यास कार्यक्रम सम्पन्न    Writers Corner Nepal welcomed the esteemed Indian poet Dr. Bhawani Shankar    नेपाली कांग्रेस जन सम्पर्क समिति अल कासिमको सभापतिमा टिकाराम तामाङ चयन    Esteemed Indian poet Nil including 16 Nepali poets recited the poem

यति एरलाईन्सको विमान ठूलो दुर्घटनावाट जोगियो

Sunday, June 17, 2018 National Power

३ असार, पोखरा – पोखरामा आइतबार यति एरलाईन्सको विमान ठूलो दुर्घटनावाट जोगिएको छ ।काठमाडौंबाट ३० जना यात्रु लिएर पोखरा आएको यति एयरलाइन्सको नाइन एन एएचयू ६८१ कलसाइनको विमान दिउसो २ः४५ बजे अवतरणको क्रममा दुर्घटनाबाट जोगिएको हो ।


विमान अवतरणको क्रममा हाईड्रोलिक फेल भएर रनवे भन्दा करिब १५ मिटर पर घाँसे मैदानमा जोतिन पुगेको पोखरा विमानस्थल प्राधिकरणका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए । उनका अनुसार जहाजमा यात्रा गर्ने सबै यात्रु सकुशल छन् ।

विमानले रनवेलाई डिष्टर्ब नगरेको कारण उडान अवतरणमा समस्या नभएको पौडेलले बताए । यद्यपी मौसमका कारणले भने अहिले विमानस्थलवाट उडान र अवतरण भएको छैन । काठमाडौंबाट इन्जिनियरहरुको टोली  आएर आजै विमानको मर्मत गरिने बताइएको छ ।