Monday 3rd August 2020

    सावित्री भूजेलको मौलिक तीज "मानिन बाई" सार्वजानिक    सत्यराज आचार्यको आवाज रहेको गितमा श्रेष्ठले गरे अभिनय    उत्तर प्रदेशकी एक क्याबिनेट मन्त्रीको कोरोनाबाट मृत्यु    ट्रम्पद्वारा टिकटक प्रतिबन्ध गर्ने घोषणा    मेस्सीको अधिपत्य तोड्दै इमोबिलेलाई ‘युरोपियन गोल्डन शु’

करुणाको दिलको राजा युटुव मार्फत सार्वजनिक

Sunday, June 17, 2018 National Power


काठमाण्डौ – गायिका करुणा सिम्खडाले आफ्नो सौगात एल्वममा रहेको दिलको राजा बोलको गीत युटुव मार्फत सार्वजनिक गरेकी छिन् । केहि समय पहिले मात्रै नेपाली दर्शक स्रोतामाझ आफ्नो पहिलो गीति एल्वम् सौगात बजारमा ल्याएकी थिईन । सौगात एल्वममा ६ वटा गीतहरु रहेका छन् ।


परिवारको सहयोगमा सिम्खडा नेपाली सांगीतिक आकाशमा उदाउने जमर्को गर्दैछिन् । सिंखडा पेशाले शिक्षिकाका साथै एक कुशल गृहणी पनि हुन् ।


संगीतिक मोहनीले सिंखडालाई यसरी छोपेको छ कि उनिले आफ्नो नियमित कर्मवाट थोरै मात्रै भए पनि समय निकाल्न सकिन् भने गीत संगीतमै रमाउने गर्छिन यसो भनि रहँदा सिम्खडाको अनुहारमा खुशी देख्न सकिन्थ्यो, भन्थिन “मेरो श्रीमानको सहयोग र परिवारको साथले आज सांगीतिक आकाशमा छाउने कोशिस गरिरहेकीछु ।”

जिनियस म्युजिकले बजारमा ल्याएको एल्वम सौगातमा रहेको गीत दिलको राजा लाई केहि दिन अघिमात्रै यूटुद्यव मार्फत वजारमा ल्याईएको हो, उक्त गीतमा रावतको शव्द, भानुभक्त ढकालको संगीत र गोपाल रसाईलीको एरेन्ज रहेको गायिका सिंखडाले वताएकी छिन् ।

भिडियो