Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

नयाँ हवाई रुटका लागि आजबाट भारतसँग वार्ता

Thursday, June 14, 2018 National Power

३१ जेठ, काठमाडौं – बिहीबारबाट भारतसँग नयाँ हवाई रुटका लागि छलफल सुरु हुँदैछ । त्यसका लागि एयरपोर्ट अथोरिटी अफ इन्डियाको टोली नेपाल आएको छ । अब दुई दिनसम्म नेपाली र भारतीय प्राविधिक टोलीले वार्ता गरेर नयाँ रुटहरुबारे टुंगो लगाउने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

नेपालमा अहिले चीनबाहेक अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय उडान भर्ने विमानहरु सिमराबाट भित्रिने गरेका छन् । तर, नेपालले भने भारतसँग थप नेपालगञ्ज, महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरबाट पनि रुट मागेको छ । ‘यो वार्तामा कुल गरी महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरको रुटबारे छलफल हुन्छ,’ लामिछानेले भने, ‘भैरहवा र विराटनगरबाट पनि विमान नेपाल प्रवेश गर्न दिन प्रस्ताव राख्छौं ।’

अहिले चीनबाट आउने विमान ल्हासा हुँदै सगरमाथा माथिबाट आउँछ । भुटानबाट आउने विमान मेचीबाट नेपाल प्रवेश गर्न पाउँछ । अब अन्य देशबाट आउने विमानलाई सिमराबाहेक अन्य प्रस्थान विन्दु दिन भारतसँग छलफल गर्न लागिएको हो । यसअघि सन् २०१० र २०१६ मा यस खालको छलफल भएको थियो । तर, यसअघिका छलफलहरु टुंगोमा पुग्न सकेनन् । सुरक्षालाई कारण देखाउँदै भारतले अहिलेसम्म यस्तो रुट दिन मानेको छैन । विभिन्न बोर्डरमा सैनिक क्याम्प रहेको र त्यहाँको सुरक्षामा अप्ठेरो पर्ने भारतको भनाइ छ ।

तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ हवाई रुटहरु दिन सहमति जनाएका छन् । भारतले रुट परमिट नदिँदै सरकारले भने आगामी आर्थिक वर्ष २०७५/७६ मार्फत बिराटनगर, जनकपुर, नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तरार्ष्ट्रिय स्तरको बनाउने र त्यहाँबाट अन्तराष्ट्रिय उडान गर्ने घोषणा गरिसकेको छ । अब भारतसँग यी विमानस्थलका लागि रुट माग गर्ने सरकारको योजना छ ।