Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

अबोध पशुपंक्षीका खातिर आफ्नो एक गाँस कटाउन सक्नुहुन्न ?

Sunday, June 3, 2018 National Power

सोच्नुहोस् त, ‘सम्बन्ध’ भन्नसाथ तपाईंको दिमागमा के आउँछ ?

पहिले त पति-पत्नीबीचको सम्बन्धलाई सोच्न पुग्छौं । त्यसपछि प्रेमी-प्रेमिकाको सम्बन्ध । त्यसपछि आमाबुबा, छोराछोरीबीचको सम्बन्ध । त्यसपछि आफन्तसँगको सम्बन्ध । त्यसपछि साथीभाई, इष्टमित्र, सहकर्मी, छिमेकी आदिसँगको सम्बन्ध । तपाईंले हेक्का राख्नुभयो रु मानविय सम्बन्धको कुरा गर्दा हामी मान्छेकै झुन्डभित्र हराउँछौं । तर, हामीले आफ्ना वरीपरीका गाईबस्तु, कुकुर, विरालो, कुखुरा, हाँस, काग, चराचुरुङ्गी आदिसँग पनि त मानविय सम्बन्ध बनाउन सक्छौं ।

हुन त गाईबस्तु, कुखुरा, हाँस आदि पाल्छौं । तिनीहरुको स्यहार(सुसार पनि गर्छौं । तर, त्यसमा हाम्रो प्रत्यक्ष स्वार्थ जोडिएको छ । गाईबस्तु पाल्छौं, दुधका लागि । कुखुरा-हाँस पाल्छौं, मासुको लागि । आफ्नो स्वार्थ सिद्ध गर्नका लागि हामी यस्ता पशुपंक्षीलाई आफ्नो अधिनमा राख्छौं । अब भन्नुहोस् त, के यिनीहरुसँग हामी निस्वार्थ सम्बन्ध कायम राख्न सक्दैनौं ?

हाम्रो आदर्श त के छ भने, सम्बन्ध भनेको निस्वार्थ हुनुपर्छ । त्यसो हो भने, बाटोमा बेवारिसे अवस्थामा भेटिएको गाईबस्तुलाई तपाईं किन लखेटनुहुन्छ रु लट्ठीले हिर्काउनुहुन्छ रु सडक किनारमा सुतिरहेको कुकुरमाथि किन लात बजार्नुहुन्छ रु घरको कौसीमा बस्ने कागलाई किन गुलेली हान्नुहुन्छ ?  किनभने, हामी प्रकृतिमा सबैमाथि हावी हुने मनोकांक्षा राख्छौं । यी अवोध पशुपंक्षीमाथ अधिन जमाउन खोज्छौं । धेरैजसो त के देखिन्छ भने, सडक कुकुर, जसलाई तपाईं ‘खिच्चा कुकुर वा भुस्यहा’ भनेर सम्बोधन गर्नुहुन्छ, त्यसलाई आफ्नो काबुमा राख्ने चेष्टा गर्नुहुन्छ ।

तपाईंको घरको पेटीमा सुतिरहेको कुकुरलाई धपाउनुहुन्छ, लखेट्नुहुन्छ । मौका परे तातो पानी खन्याउनुहुन्छ । रिस उठे, ढुंगाले बजार्नुहुन्छ । आखिर किन त्यसो गर्नुहुन्छ ?

किनभने, तपाईंलाई त्यो फोहोरी लाग्छ, दुर्गन्धित लाग्छ, डरलाग्दो लाग्छ, हिंस्रक लाग्छ । कतै टोकिहाल्ने पो हो कि रु झम्टने पो हो कि रु तपाईं यस्तै भयाभित मानसिकता पालेर ति अबोध र निरिह प्राणीलाई दूव्र्यवहार गर्नुहुन्छ ।

अबोध पशुपंक्षीको पक्षमा

हालैको एक घटना सुन्नुभएकै होला । क्यानडामा एक नेपालीले कुकुरलाई कुटेको आरोपमा ९ महिनाको जेल सजाय भुक्तान गर्नुपर्ने भयो । त्यतीमात्र होइन, जीवनभर घरपालुवा जनावर पाल्न समेत उनीमाथि प्रतिवन्ध लगाइयो । यसरी कुकुर कुट्ने कामलाई स्थानिय अदालतले ‘कायर र घृणित कार्य’ भनी निन्दा गरेको छ ।

भनौं, चेतनाको माथिल्लो तहमा पुगेका समाजले आफ्नो वरीपरीको जीवजन्तु, पशुपंक्षीको नैसर्गिक अधिकार खोस्ने चेष्टा गर्दैनन् । उनीहरु पशुपंक्षीलाई पनि माया गर्छन्, सम्मान गर्छन् ।

हामीकहाँ पनि यस्ता मानविय प्रवृत्तिका मानिसहरु छन्, जसले सडकमा बेवारिसे अवस्थामा रहेका कुकुरलाई संरक्षण दिन्छन् । उपचार गर्छन् । कतिले त आफ्नो घरभरी यस्ता कुकुर जम्मा गरेर त्यसको स्यहार-सुसार गरिरहेका छन् । तर, धेरैजस्तो मान्छेको व्यवहार भने एकदमै अमानविय हुनेगर्छ । उनीहरु आफ्नो आसपासको पशुपंक्षीलाई लखेट्ने, हिर्काउने, यातना दिने गर्छन् । कतिपयले के सम्म गर्छन् भने, कुकुरलाई विषाक्त खानेकुरा ख्वाउने । बिरालोलाई जिउँदै खाल्डोमा पुर्ने । यतिसम्मका घृणित कार्य गर्नेहरु हाम्रै समाजमा हुन्छन् ।

पशुपंक्षीसँग सुमधुर सम्बन्ध

जसरी हामी पति(पत्नी, आमाबुबा, आफन्त, साथीभाई, छिमेकीसँग मानविय सम्बन्ध कायम राख्न खोज्छौं, के पशुपंक्षीसँग त्यस्तै सम्बन्ध स्थापित गर्न सकिदैन ?

तपाईंलाई उड्दै गरेको कागले आएर ठुग्ने होइन । कुकुर झम्टदै आएर टोक्ने होइन । गाईबस्तुले लखेट्ने होइन । त्यसो भए, ति अबोध पशुपंक्षीलाई तपाईं किन देख्न सक्नुहुन्न रु किन लाठी बजार्नुहुन्छ रु किन ढुंगा प्रहार गर्नुहुन्छ रु के त्यसको बदलामा ति पशुपंक्षीलाई प्रेमपूर्वक व्यवहार गर्न सक्नुहुन्न ?

यसो गरे कसो होला ?

ध्यानपूर्वक सोच्नुहोस् त, तपाईंको घर आसपासमा पशुपंक्षी पक्कै होलान् । तपाईं हिँड्ने बाटोमा सडक कुकुर होलान् । तपाईंको करेसाबारीमा काग, परेवा, भँगेरा आउँछ होला । यी पशुपंक्षीका लागि आफ्नो एक गाँस कटाउँदा तपाईं कुपोषणग्रस्त पक्कै हुनुहुनेछैन । बरु, अहिलेको अवस्थामा ‘ओभरडाइटिङ’को जोखिमबाट बच्नुहुनेछ । तपाईं जब खाना खानुहुन्छ, मात्र एक गाँस यी पशुपंक्षीका लागि छुट्याउन सक्नुहुन्छ ।

घरमा कतिपय खानेकुरा जुठो हुन्छ, बासी हुन्छ । दाल, भात, उब्रिन्छ । त्यसरी उब्रिएको खानेकुरा तपाईं डस्बिनमा मिल्काउनुहुन्छ । त्यो बिस्तारै सड्न, गल्न थाल्छ । ब्याक्टेरिया फैलन्छ । डस्बिनको फोहोरले तपाईंको घर दुर्घन्धित हुन्छ ।

त्यसो हो भने, तपाईं यसरी उब्रिएको खानेकुरा किन पशुपंक्षीलाई दिनुहुन्न ?

रेष्टुरेन्टमा खानेकुरा अर्डर गर्नुभयो । खाएर, केही बाँकी रह्यो । अब त्यसलाई प्याक गर्न लगाउनुहोस् । बाटोमा भेटिने कुकुरलाई दिनुहोस् । वा खुला स्थानमा लगेर छाडिदिनुहोस् । त्यो चराचुरुङ्गीले खान्छ । यी अबोध, निरिह पशुपंक्षीको आफ्नो अन्नबाली हुँदैन । खेती हुँदैन । खानेकुराको भण्डारण हुँदैन । एक(एक छाक जुटाएर उनीहरुले जीवन निर्वाह गर्नुपर्ने हुन्छ । ति पशुपंक्षीका खातिर तपाईं त्यती सानो त्याग पनि गर्न सक्नुहुन्न ?

प्राकृतिक खुसी

भनिन्छ नि, दिनुमा छुटै आनन्द छ । हो, त्यही आनन्द अनुभूत गर्न सक्नुहुनेछ । पशुपंक्षीका खातिर आफ्नो एक गाँस कटाएर दिनुहोस्, तपाईंमा उनीहरुप्रति प्रेमभाव पैदा हुन्छ । ति पशुपंक्षी देख्दा तपाईंलाई घृणा वा रिस होइन, प्रेम जाग्छ । करुणा जाग्छ । जब तपाईंले बाँकी रहेको खानेकुरा कुनै सडक कुकुरलाई दिनुहुन्छ र त्यो कुकुर खुसीसाथ खानेकुरा खान थाल्छ । तपाईंमा परम सन्तुष्ट अनुभव हुन्छ । मनभित्र पैदा हुने यी भावहरुले तपाईंलाई मानविय बनाउँछ । तपाईं सामाजिक प्राणीको रुपमा आफुलाई विकास गर्न सक्नुहुनेछ । कतै भाषण गरेर, उपदेश दिएर तपाईं देखावटी रुपमा ‘असलरभद्रभलाद्मीरसमाजसेवी’ देखिनुहोला । तर, तपाईं स्वयम् बद्लिनुभयो भने त्यसले असली रुपमै तपाईंलाई सन्तुष्ट तुल्याउनेछ । यसले तपाईंको क्रोध, रिस, आवेग, घृणा पनि शान्त गर्छ, जो मानसिक विकार हुन् । जब तपाईको मानसिक बिकार हट्छ, शरीरमा धेरै किसिमको रोग लाग्ने संभावना टरेर जान्छ । त्यसैले आफ्नो आसपासमा रहेका पशुपंक्षीसँग मानविय सम्बन्ध कायम गरौं र त्यही अनुसारको व्यवहार गरौं ।