Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

स्पेनको प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव

Friday, June 1, 2018 National Power

१८ जेठ, काठमाडौं – स्पेनका प्रधानमन्त्री मारियान रखायविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनको पद धरापमा परेको छ । प्रधानमन्त्री मारियान रखायको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि विपक्षी सोशलिस्ट पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको हो । अविश्वासको प्रस्ताव पास भएमा रखाय पदमुक्त हुनेछन् भने सोशलिस्ट पार्टीका नेता पेद्रो सान्चेजलाई प्रधानमन्त्री बन्ने बाटो खुला हुनेछ ।

अविश्वासको प्रस्तावमा शुक्रबार मतदान हुने बीबीसीले जनाएको छ । प्रस्तावको पक्षमा बहुमतको लागि १७६ भोट चाहिन्छ । रखायसँग पिपुल्स पार्टीसँगै थियोदादानोस र क्षेत्रीय पार्टीहरुको समर्थन छ । यी सबैको भोट जोड्दा १६९ मात्र पुग्ने बताइएको छ । त्यसैले विपक्षी सोशलिस्ट पार्टीका नेता सान्चेजले राजीनामा दिन प्रधानमन्त्री रखायलाई आग्रह गरेका छन् । तर पिपुल्स पार्टीका महासचिव सोशलिस्ट पार्टीका महासचिव मारिया डोलोरसले भने प्रधानमन्त्री रखायले राजीनामा नदिने बताएको बीबीसीमा उल्लेख छ ।