Sunday 3rd December 2023

    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल    बिहीबार बल्खुबाट सुरु भएको दुर्गा प्रसाईंकोआन्दोलन शनिबार सिफलमा जारी    प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो

प्रथम राष्ट्रिय मेयर कप टेबलटेनिस नव दिलिप कभर्ड हलमा हुँदै

Wednesday, May 30, 2018 National Power

१६ जेठ, बुटवल – बुटवलमा पहिलोपटक राष्ट्रिय मेयर कप खुल्ला टेबल टेनिस प्रतियोगिता हुने भएको छ । रुपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा यही जेठ १८ र १९ गते हुने प्रतियोगितामा देशभरबाट जुनसुकै उमेर समूहका पुरुष र महिला खेलाडी सहभागी हुन सक्ने छन् ।

आयोजक संघका जिल्ला अध्यक्ष कृष्णकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबका खेलाडीसहित पुरुषतर्फ ५० जना र महिलातर्फ ३५ जनाले प्रतिस्पर्धा गर्दैर्छन् । प्रतियोगितामा पुरुष एकल र महिला एकल गरी दुई विधामा स्कुल-कलेजका खेलाडीदेदखि भेट्रान्स उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले ५० हजार उपविजेताले २५ हजार र महिलातर्फ विजेताले ३० हजार उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका संयोजक महेश खनालले जानकारी दिए । टेबल टेनिस प्रतियोगितामा मोफसलमा यो पुरस्कार राशी अहिलेसम्मकै सर्वाधिक भएको रुपन्देहीका पुराना टेबलटेनिस खेलाडी अर्जुनमान सैंजूले बताए ।

बुटवल देवीनगरस्थित नव दिलिप कभर्ड हलमा संचालन हुने प्रतियोगिता सम्पन्न गर्न १२ लाख रुपैयां खर्च अनुमान गरिएको प्रतियोगिता व्यवस्थापन समितिका सुरेन्द्र शाक्यले बताए । बुटवल उपमहानगरपालिकाले प्रतियोगिताका लागि एक लाख रुपैयां सहयोग गरेको छ ।