१६ जेठ, काठमाण्डौ – यसबाहेक उपत्यकाका अन्य चोकहरु नयाँबानेश्वर, थापाथली, पुतलीसडक, भक्तपुरको सल्लाघारी र राधेराधे चोकमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने छ ।
नवलपरासीको बर्दघाट सुस्ता पुर्व गैडाकोट नगरपालीका १४ अमरापुरीमा आज जिपको ठक्करबाट साइकल यात्री गम्भिर घाइते भएकी छिन् । गैडाकोट नगरपालीका १६ की अञ्जली खड्का घाइते भएकी हुन् । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । आज बिहान साढे ९ बजे, ना१झ १० ६६ नम्बरको जिपले साइकलयात्री खड्कालाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न जिप सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका ३ बल्पुकमा आज ट्रिपर र मोटरसाइकल आपसमा ठोकिंदा १ जना घाइते भएका छन् । मोटरसाइकल चालक स्याङजा पुतलीबजार नगरपालिका १ का २१ वर्षीय जमल अलि घाइते भएका हुन् । घाइते अलिको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । आज विहान साढे ७ बजे ग १ ख ७१ ५८ नम्बरको ट्रिपर र ग १४ प ५३ ५४ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए । दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रिपर चालकलाई प्रहरी चौकी गल्याङले नियन्त्रणमा लिएको छ ।