Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

नेपालको राजनीतिक स्थिरताको अस्ट्रेलियामा स्वागत

Wednesday, May 30, 2018 National Power

१६ जेठ, सिड्नी – पछिल्ला राजनीतिक घटनाक्रमले नेपालमा राजनीतिक स्थिर कायम हुने र देशको बिकासको गति अगाडि बढ्ने भन्दै अस्ट्रेलियावासी नेपालीहरुले स्वागत गरेका छन् । गत मे १७ मा नेपालका दुर्इ ठूला कम्युनिस्ट दलहरुबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी स्थापना हुनु राजनीतिक स्थिरताको सुरुआत भन्दै खुशियालीमा समर्थकहरुले आइतबार साँझ कार्यक्रम आयोजना गरेका छन् ।

रात्रिभोजसहित आयोजित उक्त कार्यक्रममा उपस्थित नेपाली समुदायका दर्जनौ नेता तथा कार्यकर्ताहरुलाई प्रवाशी नेपाली मञ्च र जनप्रगतिशील मञ्च दुवै सँस्थाका अगुवाहरुले निकट भविस्यमा साझा सँस्था बनाएर अगाडि बढ्ने घोषणा गरे । कार्यक्रमका क्रममा उनीहरुले ‘यो एकताको पहल तथा नेत्रित्वो गर्ने नेपालका सबै नेता तथा कार्यकर्तालार्इ उहाहरुको राजनीतिक जीवनको सफलताको कामना गर्दछौ ।’ भनेका छन् ।

साथै गत निर्वाचनमा दुवै पार्टीलाई बिजयी गराएर एकताको संदेश दिने जनताको प्रवासमा भएका सबै समर्थक तथा सुभचिन्तकहरु हार्दिक अभिनन्दन गर्दछौ – बक्तव्यमा भनिएको छ । उनीहरुले एकताको पृष्ठभूमिमा नेपालमा बलिदानीपूर्ण आन्दोलनहरु र त्यागपूर्ण इतिहास भएको भन्दै ती आन्दोलन र इतिहासलाई कसैले बिर्सन नसक्ने भन्दै यस अवसरमा सबै भन्दा पहिले नेपालको राजनीतिक आन्दोलनका सहिद, बेपत्ता योद्दाहरु र घाइतेहरुको सम्मान गर्नुपर्ने बताएका छन् ।

एक पृष्ठ लामो बक्तव्यमा उनीहरुले भनेका छन् – पछिल्लो राजनीतिक घटनाक्रमले नेपालमा अब कहिले पनि बाम राजनीतिको सुर्यास्त हुने छैन, नेपालमा राजनीतिक स्थिरताको बलियो जग निर्माण भएको छ । र आर्थिक, सामाजिक उन्नतिको ढोका खुलेको छ । उक्त कायर्क्रममा जनप्रगतिशील मंचका प्रमुख सल्लाहकार शेषमणि शर्माले आफू भर्खरै नेपालको एकता प्रक्रियामा प्रत्यक्ष सहभागी भएर आएको र अस्ट्रेलियामा पनि समर्थक सुभचिन्तकहरुबीच एकताको खुशियाली मनाउँन उपस्थित हुदा आफू निकै खुशी भएको बताए ।

उनले भने – हामी यहाँ पनि एकताबद्ध भएर जानेछौ, नेपालमा आफ्नो नेतृत्वले देशको नेतृत्व गरे जस्तै अब अस्ट्रेलियाको नेपाली समुदाएको नेत्रित्वो पनि हाम्रो संगठनले लिनेछ । प्रवासी नेपाली मन्च अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले नेपालको पार्टी एकता एक एेतिहासिक घटनाक्रम भएको भन्दै यसले संसार भरिका नेपालमा राजनीतिक स्थिरता चाहने नेपाली खुशी भएका बताए ।

उनले अस्ट्रेलियामा पनि एकताबद्द संगठन निर्माण गरी प्रबाशमा भएका सबै प्रतिभाहरुलाई समेट्दै नेपाल र नेपाली जनताको सेवामा खट्न प्रेरित गर्ने बताए । सोही कार्तायक्रममा प्रबाशी नेपाली मन्च अस्ट्रेलियाका सस्थापक अद्यक्ष डा जगदीश तिमिल्सिनाले आफु बामपन्थी शक्तिहरुको एकताका पक्षमा रहेको भन्दै आज नेपालमा त्यो सम्भव भएकोमा आफू निकै खुशी भएको बताए ।

अर्का बक्ता नेपाली जनप्रगतिशील मन्च अस्ट्रेलियाका सथापक अध्यक्ष झलक ढुंगानाले आफु सधै नेपालको राजनीतिक घटनाहरुप्रति सकारात्मक भएको भन्दै पछिलो एकता प्रति पनि आफू निकै खुशी भएको बिचार राखे । कार्यक्रममा उपस्थित सबैलाई नेपाली जनप्रगतिशील मंच अस्ट्रेलियाका उपाध्यक्ष हिमलाल गैरेले स्वागत गरेका थिए भने प्रवासी नेपाली मंचका बरिस्ठ उपाध्यक्ष राजन कुमार बस्नेतले साझा बक्तब्य सुनाएका थिए । उक्त कार्यक्रममा गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष धुर्ब सुबेदी, महेन्द्र ओली, नेपाली रिक्रिसनल क्लबका अध्यक्ष बिष्णु हमाल , सुदुर पश्चिम समाज अस्ट्रेलियाका अध्यक्ष दिनेश जोशी , जनयुद्दका शहीद रितबहादुर खड्काका छोरा कलम खड्का लगायतले सुभकामना दिएका थिए ।

कार्यक्रमको संचालन प्रबाशी नेपाली मञ्चका महासचिव माधव शाहले गरेका थिए । जनप्रगतिशील मन्च अस्ट्रेलियाका उपध्यक्ष निराजन गौलीले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार आगामी जुन २ शनिबार साझ भिक्टोरियामा पनि दुवै संगठनको संयुक्त सुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रम हुँदैछ ।