Wednesday 27th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

चेन्नाईले जित्यो आईपीएलको उपाधि

Monday, May 28, 2018 National Power

१४ जेठ, काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । टस हारेर व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । १७९ रनको विजय लक्ष्य चेन्नाईले १८ ओभर ३ बलमा हासिल गर्‍यो ।

आईपीएलको उपाधि तेस्रोपटक जित्ने क्रममा ओपनर शेन वाटसेनको प्रदर्शन शानदार रह्यो । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका वाटशनले नटआउट ११७ रन योगदान गरे । ५७ बल सामना गरेका उनले ११ चौका र ८ छक्का प्रहार गरे । उनी म्यान अफ दि म्याच भए । एसके रैनाले ३२, अम्वाती रायडुले १६ र फाप डु प्लेसिसले १० रन बनाए ।

बलिङतर्फ सन्दिप शर्मा र कार्लोस ब्रेथवेटले एक(एक विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको हैदरावादका लागि केन विलियम्सनले ४६ रन बनाए । युसुफ पठानले नटआउट ४५ रन बनाए । शिखर धवनले २६, शाकिब अल हसनले २३ र कार्लोस ब्रेथवेटले २१ रन बटुले । बलिङतर्फ रविन्द्र जडेजा, ड्वेन ब्राभो, कर्ण शर्मा, शार्दुल ठाकुर र लुंगी निग्दीले समान एक(एक विकेट लिए ।