कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
हिजो बस र मोटरसाईकल ठक्कर हिजो बेलुकी साढे ८ बजे कैलालीको गोदावरी नगरपालिका ९ वल्मीमा ना ५ ख ५१०० नम्बरको बस र से १ प ४४६५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक अन्दाजी २८ वर्षिय पुरुष ब्यक्ति रहेको छ । उनको उपचारको क्रममा सेति अंचल अस्पतालमा राति पौने १० बजे मृत्यु भएको हो । उनको नाम थर ठेगाना खुल्न सकेको छैन । दुर्घटनामा संलग्न बस नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजिकार्य भैरहेको ईलाका प्रहरी कार्यलय मालाखेतीले जानकारी दिएको छ ।
मकवानपुरमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु
हिजो बेलुकी ७ बजे मकवानपुरको मनहरी गाँउपालीका ७ स्थित मनहरी बजारमा चितवनतर्फ जाँदै गरेको अन टेष्ट ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५५ बर्षीय राम भारती रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका भारतीको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा राती पौने १० बजे, मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुले जनाएको छ । दुर्घटनामा संलग्न ट्याङकर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
#ktmtraffic #