Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

साङ्ला कति खतरनाक ? साङ्लाले निम्त्याउने समस्या र समाधान

Friday, May 25, 2018 National Power

हरेकको घर, भन्सामा खोज्ने हो भने, साङ्ला भेटिन्छ । खासगरी गर्मी सिजनमा साङ्लाले बढी दुख दिन्छ । जसै मौसमी तापमान बढ्छ, घर-भान्सामा साङ्ला सलबलाउन थाल्छ । यसले खानेकुरा दुषित बनाइदिन्छ । जथाभावी फोहोर बनाउँछ । हामी त्यस्तै दुषित खानेकुरा खान्छौं । यसले गर्दा पेटमा समस्या निम्त्याउँछ ।

त्यती मात्र होइन, यसले विद्युतिय यन्त्रलाई समेत विगार्छ । विद्युतिय उपकरणलाई समेत यसले आफ्नो घर बनाउँछ । साङला यस्तो जीव हो, जसको प्रजनन क्षमता अत्याधिक हुन्छ । साथै यो सहजै मर्ने वा नष्ट पनि हुँदैन । भान्साको कुनाकाप्चा, दराज, पलङ जताततै साङ्ला फैलन्छ । साङला ट्वाइलेटको ढलबाट समेत घरभित्र प्रवेश गर्छ ।

किन हानिकारक ?

साङलाले खानेकुरामा जुठो लगाउँछ । जब खानेकुरामा साङ्लाले जुठो लगाउँछ, त्यसमा एक किसिमको ब्याक्टेरिया छाड्छ । साथै साङ्लाको र्‍यालमा समेत व्याक्टेरिया हुन्छ । साङ्लामा सैलमोनेला नामक भाइरस फैलाउने व्याक्टेरिया हुन्छ । यसको सेवनले फूड प्वोइजन हुन सक्छ । टाइफाइड हुन सक्छ ।

साङलाकै कारण एलर्जी पनि हुनसक्छ, खासगरी छालाको एलर्जी । साङलाको मुखबाट निस्कने र्‍यालले यस्तो एलर्जी पैदा गर्छ । हामीले भान्सामा भाँडावर्तन खुला राखेका हुन्छौ, ओछ्यान त्यसै हुन्छ । साङ्लाहरु त्यहीँ माथि सलबलाउन थाल्छ । यस क्रममा साङ्लाले र्‍याल चुहाउँछ । उक्त र्‍यालले छालामा एलर्जी ल्याउँछ ।

साङ्लाको पेटको जिवाणु खानामा पर्छ । यसले पाचन क्रियामा समस्या उत्पन्न गर्छ । एक अध्ययन अनुसार, जीवाणु सूडोमोनाज ऐरुगिनोसा साङ्लाको पेटमा हुन्छ । यो यूरिन ट्रेक्ट इन्फेक्सन, पाचन सम्बन्धी समस्या र सेप्सिसको कारण बन्छ । साङ्ला दम रोगीका लागि त सत्रु नै हो । घरमा साङ्ला धेरै बढ्नु भनेको दम रोगीको लागि थप समस्या निम्त्याउनु हो ।

कसरी बच्ने ?

-घरको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । साङ्ला बस्ने कुनाकाप्चामा दिनहुँ सफा गर्नुपर्छ । किनभने त्यस्ता ठाउँमा साङ्लाले आश्रय लिने गर्छ ।

-साङ्ला गर्मीमा एकदमै छिटो फैलन्छ । यसको सन्तान पैदा गर्ने क्षमता उच्च हुन्छ । सजिलै मार्न पनि सकिदैन । किनभने यसको टाउको छिनाइयो भने समेत केहि दिनसम्म जीवित रहन सक्छ । यो प्राय भान्साको कुनाकाप्चा, खाट, दराज आदिमा लुकेर बस्छ । यसरी लुकेर बस्ने साङ्ला भगाउन केहि घरेलु विधी पनि अपनाउन सकिन्छ ।

-१. साङ्लोबाट मुक्ति पाउने पहिलो उपाय भनेको घरको सरसफाई हो । सफा र उज्यालो स्थान यसको लागि अनुकुल हुँदैन ।

-२. लसुन, प्याज र मरिचलाई बराबर मिलाएर पिस्नुपर्छ । उक्त पेस्टलाई पानीमा मिसाएर घोल तयार गर्ने । अब त्यो घोललाई एउटा बोत्तलमा राखेर साङला बस्ने कुना काप्चामा छर्कनुपर्छ । केहि समय नियमित घोल छर्केपछि साङ्लाको समस्याबाट राहत मिल्छ ।

-३. सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाउने र साङ्लो बस्ने स्थानमा राख्नुपर्छ । त्यसको छेवैमा थोरै पानी पनि राखिदिनुपर्छ । सोडा खाएपछि यसले पानी पिउछ र मर्छ । बेकिङ सोडा यसको पेटमा गएपछि हानी पुर्‍याउँछ ।

– ४. पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने । यसका लागि कुनैपनि किसिमको साबुन प्रयोग गर्न सकिन्छ । यस घोललाई स्प्रेको माध्यामबाट साङ्ला बस्ने ठाँउमा छर्कनुपर्छ ।