Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

ट्राफिक अपडेट

Friday, May 25, 2018 National Power

११ जेठ,काठमाडौँ -चितवनको राप्ती नगरपालिका ११ थाकलटारमा गएराती ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानिय ६३ वर्षिय हरिलाल स्याङतान रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । ट्याक्टरमै सवार स्थानिय ३५ वर्षिय उन बहादुर स्याङतान र ५५ वर्षिय शम्शेर बहादुर स्याङतान भने घाईते भएका हुन् । घाईते दुबैको जिल्ला अस्पताल भरतपुरमा उपचार भैरहेको छ । गएराती पौने १० बजे ना ६ त १९५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको थियो । दुर्घटना पश्चात फरार रहेका ट्याक्टर चालककोे खोजी भैरहेको ईलाका प्रहरी कार्यलय भण्डाराले जनाएको छ ।

सुनसरीको देवानगन्ज गाँउपालिका ३ मा पनि गएराती ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय ३५ वर्षिय विनोद मेहेता रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते भएका अर्का स्थानीय २६ वर्षिय सन्तोष मेहेताको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ । गएराती साढे ९ बजे खेत जोतेर फर्किने क्रममा को २ त ६७५३ नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिएको थियो । दुर्घटना पश्चात् फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको छ ।