Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

नुवाकोटमा खुल्यो देशकै पहिलो अपांगमैत्री पुस्तकालय

Thursday, May 24, 2018 National Power

१० जेठ, काठमाडौं – रिड नेपाल नामक सामाजिक संस्थाले नेपालकै पहिलो अपांगमैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय निर्माण गरेको जनाएको छ । नुवाकोटको बेलकोट नगरपालिका–२ मा जनजागरण सामुदायिक पुस्तकालयमा बाल कक्ष, सूचना सञ्चार प्रविधि कक्ष, विपद् जोखिम न्यूनीकरण कक्षलगायत नौवटा कक्ष र चारवटा पहुँचयोग्य शौचालय हालै निर्माण गरिएको छ ।

जनजागरण सामुदायिक पुस्तकालयको पुनःनिर्माण तथा समुदायमा आधारित समावेशी विपद् जोखिम न्यूनीकरण परियोजना अन्तर्गत निर्माण भएको उक्त पुस्तकालय भवन निर्माणमा रु एक करोड ७५ लाख खर्च गरिएको संस्थाका अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिए । मुलुकका विभिन्न स्थानमा पुस्तकालयको विकास गर्दै आएको उक्त संस्थाले समुदायमा आर्थिक सशक्तीकरणका विभिन्न परियोजना पनि सञ्चालन गरेको छ ।