Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

सन्दीप लामिछाने ‘युथ आइकन अफ नेपाल’बाट सम्मानित

Wednesday, May 23, 2018 National Power

९ जेठ, काठमाडौं – युवा क्रिकेटर सन्दीप लामिछाने ‘करिश्म्याटिक एण्ड स्टाइलिस प्लेयर’ साथै ‘दि युथ आइकन अफ नेपाल २०१८’ बाट सम्मानित भएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट आफ्नो प्रतिभा देखाएका मंगलबार फर्किएका सन्दीपलाई केडिया अर्गनाइजेसनले एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।

बुधबार डीएभी स्कूलमा भएको सम्मान कार्यक्रममा सन्दीपले विद्यार्थीहरुलाई पढाइसँगै आफूलाई इच्छा लागेका अन्य क्रियाकलापमा लाग्न प्रेरणा दिए । आफू सानो बेला भारतमा हुँदादेखि नै क्रिकेटमा मोह रहेको र नेपालमा आएर खेल्ने इच्छा भएको उनले सुनाए ।

‘सबै जनाको एउटा सपना हुन्छ । आफ्नो देशका लागि केही गर्ने । राम्रो मान्छे बन्ने । त्यसका लागि मेहनत र संघर्ष भने गरिरहनुपर्छ । मेहनत गर्दा त्यसको उपलब्धी पनि मिल्छ’ उनले भने । उनले आफूले गरेको कामका लागि सम्मान गरेकोमा आयोजकलाई धन्यवाद दिए । केडिया अर्गनाइजेसनसँगै रिलायन्स ग्रुप र यति फ्लोरिङको सहकार्यमा सन्दीपलाई सम्मान गरिएको थियो ।