८ जेठ काभ्रे – काभ्रेका नवनियुक्त प्रहरी प्रमुख एसपी रविराज खड्काले काभ्रे जिल्लालाई तस्करी र गुडागर्दी मुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालयमा आयोजित परिचात्मक कार्यक्रममा बोल्दै एसपी खड्काले जिल्लामा रहेका तस्करी र गुडागर्दी एवं अपराधिक गतिविधिमा संलग्न व्यक्ति र फरार अभियुक्तलाई पक्राउ गर्नुका साथैे चोरी तस्करी, लगायतका अपराधिक गतिविधि नियन्त्रण गर्न शून्य सहनशिलतामा बसेर आफू काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
आफू कुनै नयाँ नारा नदिई नेपाल प्रहरीले निर्धारण गरेको ‘सत्य सेवा सुरक्षणम्लाई नै मुल नारा मानी त्यसकै भित्र रहेर आम नागरिकलाई भयमुक्त वातावारण रहन प्रहरी अहोरात्री खटेर शान्ति सुरक्षाको प्रत्याभुती गराउने प्रतिवद्धता जनाएका छन् । अपराधमुक्त एवं भयमुक्त वातावरण बनाउनमा पत्रकार, नागरिक समाज र सर्वसाधारण जनताहरुको सबै सहयोग प्रहरीलाई अनिवार्य आवश्यकता रहेको बताए । एसपी खड्काले पत्रकारहरुको छलफल कार्यक्रममा जिल्ला प्रहरी कार्यालयबाट प्रदान हुने हरेक किसिमका सेवा तथा सूचनाहरु सहि समयमा सबैलाई उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् ।
अरबिन्द्र गौतम