Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

आईपीएल नेपाललाई चिनाउने अवसरः सन्दीप

Tuesday, May 22, 2018 National Power

८ जेठ काठमाडौं – युवा क्रिकेटर सन्दीप लामिछानेले आईपीएल आफ्नो अविश्मरणीय यात्रा भएको बताएका छन् ।आईपीएल खेलेर मंगलबार फर्किएका सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का लगायतले स्वागत गरेका थिए ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले आईपीएल नेपाललाई चिनाउने मौका भएको भन्दै त्यसलाई सदुपयोग गर्न सक्दो प्रयास गरेको बताए । उनले अघि भने, ‘सिक्ने अवसर थियो । त्यसलाई सदपुयोग गरेँ भन्ने लाग्छ ।’ उनले अर्को वर्ष आफू नेपाली खेलाडीहरुलाई पनि आईपीएलमा हेर्ने इच्छा रहेको बताए ।