Friday 19th April 2024

    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै

विद्यालयमा तपाईको बच्चा कति सुरक्षित छ ?

Monday, May 21, 2018 National Power

केही दिनयता विद्यालयमा विद्यार्थीमाथि भएको ज्यादतीबारे समाचार आइरहेका छन् । गृहकार्य नगरेको भन्दै एक विद्यार्थीलाई शिक्षकले निर्घात कुटपिट गरेको घटना सेलाउन नपाउँदै अर्को त्यस्तै घटना दोहोरिएको छ । यी त भए सतहका घटना । विद्यालयमा आफ्नो भविष्य बनाउन पठाइएका बालबालिकामाथि यस्तो दुव्र्यवहार हुँदा अभिभावकलाई कस्तो लाग्दो हो रु हरेक अभिभावकको लागि सोचनीय विषय हो यो । तर, बालबच्चामाथि भइरहेका सबै किसिममा ज्यादती सतहमा आउँदैनन् । देखिदैनन् ।

खासगरी विद्यालयमा पढ्न गएका बालबालिकामाथि शारीरिक मात्र होइन, मानसिक यातना पनि दिइरहेका हुन्छन् । यस्ता यातना न बाहिर देखिन्छन्, न बालबच्चाले खुलेर त्यसको विरोध गर्न सक्छन् । तर, त्यस्ता यातानाले उनीहरुलाई भित्रभित्रै सताइरहेको हुन्छ । यस्तो यातना शिक्षक, विद्यालयका कर्मचारी वा आफ्नै सहपाठीबाट समेत हुनसक्छ ।

यातनाको यस्तो रूप

विद्यालयमा हुने बुलिङको रूपमा विद्यालय परिसरमा हुने बुलिङलाई लिइन्छ । त्यसमा एकले अर्कोलाई गर्ने बुलिङ, ठूलाले साना बच्चालाई गर्ने बुलिङ, शिक्षकले गर्ने बुलिङ र शिक्षकमाथि हुने बुलिङ आदि सबै पर्छन् । नेसनल सेन्टर फर एजुकेसनल स्टाटिस्टिक्सका अनुसार १२ देखि १८ वर्ष उमेरका विद्यार्थीहरूमध्ये एक तिहाइलाई विद्यालयमा बुलिङ हुने गरेको छ । यो सामग्रीमा हामीले विद्यालयमा हुने बुलिङको बारेमा केही तथ्य उजागर गर्ने प्रयास गरेका छौँ ।

विद्यालयमा हुने बुलिङका प्रकृति

प्याक बुलिङ भनेको समूहले गर्ने बुलिङ हो । अष्ट्रेलियामा गरिएको एक अध्ययन अनुसार प्याक बुलिङ विद्यालयहरूमा अत्यधिक मात्रामा हुने गरेको छ र यो व्यक्तिगत बुलिङभन्दा धेरै लामो समयसम्म चलिरहन्छ । प्याक बुलिङमा शारीरिक, भावनात्मक बुलिङ वा साइबर बुलिङ पर्छन् । यस्तो बुलिङ विद्यालयको चौरमा, विद्यालयको हलवेमा, भर्‍याङमा, खेलमैदानमा, जिमखानामा, कक्षाकोठामा वा स्कूल बसमा पनि हुनसक्छ ।

व्यक्तिगत बुलिङ भनेको एकले अर्कोलाई गर्ने (वान-अन-वान) बुलिङ हो । जुन अनलाइन मार्फत, प्रत्यक्ष गरिने शारीरिक वा भावनात्मक बुलिङ हुनसक्छ । सन् २००९ मा अष्टे्रेलियामा गरिएको एक अध्ययनअनुसार यो प्राथमिक विद्यालयमा धेरै हुने गरेको छ । व्यक्तिगत बुलिङ प्याक बुलिङ हुने जुनसुकै स्थानमा पनि हुनसक्छ र प्याक बुलिङ नहुने सानो क्षेत्र जस्तै बाथरुममा पनि हुनसक्छ ।

कसरी हुन्छ बुलिङ र?

भौतिक बुलिङमा शारीरिक दुव्र्यवहार, सजाय दिने, धकेल्ने, पिट्ने, थुक्ने झगडा गर्नेजस्ता कार्यहरू पर्छन् । त्यस्तै शारीरिक हानि गर्ने किसिमका धम्की दिने र जबरजस्ती केही कार्यहरू गर्न लगाउने पनि यसैमा पर्छन् । भावनात्मक बुलिङमा कसैलाई होच्याउने, कसैलाई नराम्रो नाम राखेर बोलाउने, नराम्रो प्रतिक्रिया दिने, जिस्क्याउने, गालीगलौज गर्ने आदि कुरा पर्छन् । यसमा पीडितलाई बहिष्कार गर्ने प्रयास पनि पर्छ । जस्तैः एक्लै छोडिदिने वा वास्ता नगर्ने आदि । भावनात्मक रूपमा गरिने बुलिङमा कसैको सामान लुकाइदिने वा अर्कै ठाउँमा राखिदिने कामहरू पनि हुन्छन् । भावनात्मक बुलिङ प्रत्यक्ष रूपमा वा साइबर बुलिङको माध्यमले पनि हुनसक्छ ।

विद्यालय बुलिङका माध्यम

फेस-टु-फेस बुलिङ
यसमा विद्यार्थीले एक अर्कालाई प्रत्यक्ष रूपमा चुनौती दिन्छन् ।

साइबर बुलिङ
अनलाइन मार्फत प्रत्यक्ष रूपमा गरिने बुलिङमा इमेल, च्याट रुम, सामाजिक सञ्जाल, टेक्स्ट म्यासेज, इन्स्ट्यान्ट म्यासेज,
वेवसाइट पोस्टिङ वा ब्लग आदिको माध्यमबाट हुन्छ । साइबर बुलिङकर्ताले आफ्नो परिचय लुकाउन सक्छन् र
पीडितले अज्ञात आक्रमणको रूपमा त्यस्तो बुलिङ खेप्न सक्छन् । साइबर बुलिङमा इमोसनल बुलिङमा हुने सबै थोक पर्छन् ।

विद्यालयमा हुने बुलिङको लक्षित समूह
होमोफोबिक बुलिङ कहिलेकाहीँ अरूभन्दा अलि फरक मानिन्छ किनभने यसको निश्चित लक्षित समूह छ ।
शारीरिक अपाङ्गता भएका विद्यार्थीहरूमाथि हुने बुलिङको पनि लक्षित समूह हुन्छ ।
रंगभेदी बुलिङमा कुनै विशेष वर्णको वा संस्कृतिको मानिसलाई लक्षित गरिएको हुन्छ ।
धार्मिक बुलिङले विशेष धार्मिक मान्यता भएका मानिसहरूलाई लक्षित गरेको हुन्छ ।

बुलिङसम्बन्धी केही तथ्य
-एनसिइएसको रिपोर्ट अनुसार मध्य कक्षाहरू (६-७) मा सिनियर स्कूलमा भन्दा पनि धेरै बुलिङ हुन्छ ।
-भावनात्मक बुलिङ सबैभन्दा धेरै प्रचलित बुलिङ हो । त्यस्तै शारीरिक रूपमा गरिने बुलिङ दोस्रो प्रचलित बुलिङमा पर्छ ।
-साइबर बुलिङ मध्यम कक्षाका विद्यार्थीमा खासै हुँदैन तर यो विद्यालयको अन्तिम तीन वर्षमा भने धेरै हुन्छ ।
-धेरैजसो बुलिङ विद्यालय परिसरभित्रै हुन्छ जुन खेलकुद मैदानमा अलि कम र विद्यालयमा अझै कम हुन्छ ।
-मध्यम कक्षाका विशेषगरी ६ कक्षाका विद्यार्थीलाई बसमा धेरै बुलिङ गरिएको हुन्छ ।
-बुलिङबाट ६ कक्षामा पढ्नेहरूलाई धेरै शारीरिक चोट लाग्ने, ८.९ पढ्नेलाई अलि कम र हाइस्कूलकालाई निकै कम चोट लाग्ने गरेको छ ।
-बुलिङबाट पीडितहरूमा विभिन्न प्रकारका समस्याहरू देखिन्छन्ः
-आत्मसम्मानको कमी
-अरूलाई विश्वास गर्न गाह्रो हुने
-आत्मविश्वासको कमी
-चाँडो रिसाउने
-रिस नियन्त्रण गर्ने
-एक्लै बस्ने