Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

सञ्चारकर्मी पुरुषोक्तम सानु अव कलाकार !

Monday, May 21, 2018 National Power

७ जेष्ठ, काठमाण्डौ – निजामती सेवामा लामो समय देखि कार्यरत सञ्चारकर्मी पुरुषोक्तम सानु अव कलाकारकारुपमा समेत नेपाली दर्शक स्रोता माझ प्रस्तुत भएका छन् । नेपाल प्रहरीको जागिरे सानु निकै लामो समय देखि मेट्रोट्राफिक एफ.एम रामशाहपथमा कार्यरत रहदै आएका छन् ।

उनले आफ्नो सञ्चारकला मात्रै नभएर सांगितिक कला जगतलाई समेत पछिल्ला दिनहरुमा फराकिलो बनाउदै गईरहेका छन् । हालै मात्र उनको आफ्नै रचना रहेको आधुनिक गीत को म्युजिक भिडियो नेपाली सांगीतीक बजारमा आएको छ । उक्त म्युजिक भिडियोमा मोडलका रुपमा पनि पुरुषोत्तमलाई नै देख्न सुकिन्छ ।

यसका अलावा अन्य कलाकारहरु आश्मा घिमिरे,निशा जोशी लगायतका कलाकारहरुलाई देख्न सकिन्छ । मिग्मा शेर्पाको सुमधुर स्वरमा रहेको गीतमा उज्ववल जोशीको छायाङ्कन तथा निर्देशन रहेको छ । उपत्यकाका विभिन्न स्थानमा छायङकन गरिएको म्युजिक भिडियोमा पुरुषोत्तमले माया प्रेम सम्बन्धी शब्दहरु निकैनै मार्मिक रुपमा प्रस्तुत गरेका छन् ।