Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

नेकपाले वरिष्ठ चिकित्सक डा.उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना

Saturday, May 19, 2018 National Power

काठमाडौ-नेपाल कम्युनिष्ट पार्टी नेकपाले नेपालका वरिष्ठ चिकित्सक डा।उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा डा।देवकोटा उपचार्थ रहेको अस्पतालमा नै पुगेर स्वास्थ्यलाभको कामना सहित अभिनन्दनपत्र प्रदान गरेको हो।

बाँसबारीस्थित न्यूरो अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन नेकपा (एमाले) केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख सुजिता शाक्य र राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा।

सन्तोष पौडेलका तर्फबाट विभाग प्रमुख तथा सांसद सुजिता शाक्यले डा देवकोटालाई अभिनन्दनपत्र प्रदान गर्दै स्वास्थ्यलाभको कामना गरेकी हुन्। पित्तनलीमा अर्बुद रोगका कारण डा. देवकोटाको बेलायतमा उपचार नभएपछि डा।देवकोटाले नै स्थापना गरेको न्यूरो अस्पतालमा उपचार भैरहेको छ।

डा।देवकोटाको चिकित्सा सेवालाई जनताको सहज पहुँचको क्षेत्र बनाउने र समृद्ध बनाउने काममा अग्रसरता तथा अतुलनीयता भएकाले अभिनन्दन गरिएको सांसद शाक्यले भनेकी छन्। सांसद शाक्यका साथमा नेपालका ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामा समेत डा।देवकोटालाई सु–स्वास्थ्यको कामना गर्न पुगेका थिए।