Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

प्रचण्डले पार्टी चलाउन नसकेर एमालेमा विलय गराएः बाबुराम

Saturday, May 19, 2018 National Power

५ जेठ, पोखरा – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा। बाबुराम भट्टराईले माओवादी चलाउन नसकेर प्रचण्डले पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाएका छन् । सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको भन्दै उनले एकता धेरै नटिक्ने टिप्पणी गरे ।

शनिबार बिहान पोखरामा आयोजित भेटघाट कार्यक्रममा डा। भट्टराईले भने– जसरी बैंक कमजोर भएपछि मर्ज हुन्छ, त्यसैगरी दुई पार्टीबीच मर्ज भएको हो । एकीकृत पार्टी सधैंभरि यही साइजमा रहँदैन ।’

‘यो मर्जरले ५ वर्ष त लैजाला तर त्यसपछि भन्न सकिँदैन,’ उनले भने । प्रचण्डले माओवादी आन्दोलनको सम्पूर्ण इतिहास, त्याग र बलिदान भुलेर सत्ताको स्वार्थमा लागेको आरोप भट्टराईले लगाए । नवगठित नेपाल कम्युनिस्ट ९नेकपा० ले देशको आवश्यकता पूर्ति गर्न नसक्ने ठोकुवा भट्टराईले गरे ।