Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

हलमा फिल्म चल्ने हैन, मुसा दौडिने अवस्था ल्याउँछौं’ सिनेमा हलको सिन्डिकेटविरुद्ध उत्रिए निर्माता

Sunday, May 6, 2018 National Power

काठमाडौं – नेपाली फिल्मका निर्माताहरूले हल मालिकको सिन्डिकेटविरुद्ध आन्दोलन चर्काउने भएका छन् । सरकार आक्रामक भएर विभिन्न क्षेत्रका सिन्डिकेटविरुद्ध कारवाहीमा उत्रिएका बेला फिल्म निर्माताहरूले पनि हलसिन्डिकेटका विरोधमा आन्दोलन छेडेका हुन् । त्यसका लागि निर्माता निर्देशक रोज राणाको संयोजकत्वमा चलचित्र निर्माता संघ संघर्ष समिति गठन गरी दबाबका कार्यक्रम घोषणा भइसकेका छन् । संघर्ष समितिले आगामी १, २ र ४ जेठका लागि मात्र संघर्षका कार्यक्रम तय गरेका छन् । जसका कारण हलमालिकले निर्मातालाई मजबुरीमा पारी लिँदै आएको ठूलो रकमको मार न्युनिकरण हुने बताइएको छ ।

करोडौं लगानी गरेर अहिले बन्ने गरेका मल्टिप्लेक्स र सुधार भएका सिंगल थिएटरलाई पनि निर्माताको संयुक्त दबाब पर्ने देखिन्छ । चलचित्र विकास बोर्डले बक्स अफिस लागु गर्ने तयारी गरेका बेला निर्माताहरूले हलसिन्डिकेट तोड्नका लागि दबाबमुलक काम गर्न लागेका हुन् । १ जेठमा कालोपट्टि बाँधेर हलमा जाने, २ जेठमा विकास बोर्ड कार्यालयमा रहेको सेन्सर बोर्डमा धर्ना दिएर नेपालमा प्रदर्शन हुने सबै फिल्मको सेन्सर रोक्ने र यति हुँदा पनि सहमति हुन नसके हल–हलमा फिल्म चल्न नदिने घोषणा संघर्ष समितिले गरेको छ ।

२०७२ सालको भुइँचालोका बेला हलमा फिल्म नदिँदा ७० प्रतिशतसम्म लाभांश दिएका छन् । फिल्म नचल्दा करोडौंमा निर्माण भएका हलको अवस्था के हुन्छ भन्ने हामीले हेक्का राखेका छौं । समितिका संयोजक रोज राणाले भने,‘फिल्म निर्माता मारमा परेको कुरा आजको होइन । १५ वर्ष अघि भएको सहमति कार्यान्वयनका लागि दबाब दिएका हौं ।’

हलमा फिल्म चलेवापत ६० प्रतिशत निर्माता र ४० प्रतिशत हल मालिकलाई दिनुपर्ने सहमति २०६० सालमा नै भएको थियो । तर हल मालिकले अहिले पहिलो हप्ता ५०, दोस्रो हप्ता ४२, तेस्रो हप्ता ३५ र अन्य समयमा ३० प्रतिशत रकम मात्र निर्माताको हातमा दिने गरेका छन् । ‘हामीले सहमति कार्यान्वयनका लागि हल मालिकहरूसँग भनेका थियौं । तर १५ महिना झुलाइयो, सहमति कार्यान्वयन गर्नेमा उनीहरू गम्भिर देखिएनन् । यसकारण यो गम्भिर निर्णयमा पुग्यौं’, राणाले दैनिक नेपालसँग भने,‘कार्यान्वयन भएन भने हलमा फिल्म चल्ने होइन, मुसा दौडिने अवस्था आउँछ ।’

हल मालिकले साधारण समयमा मार खुवाउने गरेको तर आपत्का बेला भनेजति रकम दिन तयार हुने अवस्था निर्माताहरूले बुझेका कारणले नै सशक्त आन्दोलनको तयारी भएको हो । ‘२०७२ सालको भुइँचालोका बेला हलमा फिल्म नदिँदा ७० प्रतिशतसम्म लाभांश दिएका छन् । फिल्म नचल्दा करोडौंमा निर्माण भएका हलको अवस्था के हुन्छ भन्ने हामीले हेक्का राखेका छौं’, राणाले भने,‘तैपनि वार्ताबाटै सहमतिको पक्षमा हामी उभिएका छौं ।’

निर्माताको दबाबपूर्ण आन्दोलनको घोषणा हुनासाथ हल मालिकहरूले वार्ताका लागि समिति गठन गरेका छन् । क्युएफएक्स हल सञ्चालक सदस्य भाष्कर ढुंगानाको संयोजकत्वमा वार्ता समिति गठन भएको छ । उक्त समितिसँग वार्ता गर्नका लागि निर्माता संघ संघर्ष समितिका तर्फबाट केशव भट्टराईको नेतृत्वमा समिति गठन भएको राणाले बताए ।