Sunday 14th July 2024

    University of Wolverhampton Visit in Nepal    चलचित्र कलाकार संघ र महर्षि वैदिक फाउण्डेसनको ध्यान एवं योगासनको अभ्यास कार्यक्रम सम्पन्न    Writers Corner Nepal welcomed the esteemed Indian poet Dr. Bhawani Shankar    नेपाली कांग्रेस जन सम्पर्क समिति अल कासिमको सभापतिमा टिकाराम तामाङ चयन    Esteemed Indian poet Nil including 16 Nepali poets recited the poem

गायक सन्जिब बस्नेतको बुट्टे चोलीमा संजय बिपना र सुष्माले रोमान्स गर्दै (भिडियो सहित)

Friday, May 4, 2018 National Power

काठमाडौँ – नब गायक तथा मिठो स्वरका धनि गायक सन्जिब बस्नेतको नया गित ठोक्किएछ । यो मेरो मन बुट्टे चोलीमा,जादु रैछ, जादु रैछ ज्यानै लुट्ने तिम्रो बोलीमा म्युजिक भिडियो सार्बजनिक भएको छ ।

छोटो समयमा धेरै चर्चा बटुल्दै गरेका तथा विभिन्न मेला महोत्सबमा ब्यस्त बन्दै गएका नब गायक सन्जिब बस्नेतको सेलो बिटमा रहेको गित बुट्टे चोलीमाू लाखौ संगीत प्रेमीहरुको जिब्रोमा झुण्डिन सफल भएको छ ।
बिनोद बन्जाराको शब्द तथा रमेश श्रेष्ठको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई संचारकर्मी सुर्य चन्दले निर्देशन गरेका छन ।रियोग्राफर राजन शाहीले कोरियोग्राफी गरेको यस म्युजिक भिडियोलाई सोहन मानन्धरले छायांकन तथा सम्पदान गरेका हुन ।

दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल संजय राज बिक्रम, बिपना श्रेष्ठ, सुष्मा कार्की, गायक सन्जिब बस्नेत तथा सुर्य चन्दको बेजोड अभिनय रहेको यस म्युजिक भिडियोलाइ बुढासुब्बा म्युजिकले युट्युब मार्फत बजारमा लिएर आएको हो ।