Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

७ प्रहरी उपरीक्षक (एसपी) को सरुवा, को कहाँ गए ?

Monday, April 30, 2018 National Power

१७ वैशाख, काठमाडौं – नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । उनीहरुको काज सरुवा भएको हो ।प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो समय चर्चित साढे ३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा लोकेन्द्र श्रेष्ठलाई पठाइएको छ ।उनी प्रहरी प्रशिक्षण केन्द्रमा कार्यरत् थिए ।अख्तियार दुरूपयोग अनुसन्धान आयोग, कञ्चनपुर दबरबन्दी भइ हाल टंगालमा कार्यरत् दानबहादुर कार्की प्रहरी महानिरीक्षकको सर्वेन्द्र खनालको सचिवालयमा आएका छन् ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत् राजन अधिकारीलाई सुनसरीमा सरुवा गरिएको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का जीवन श्रेष्ठ जिल्ला प्रहरी कार्यालय, सिरहामा सरुवा भएका छन् ।त्यस्तै, डम्बरबहादुर विक महानगरीय ट्राफिक प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय, धादिङ र जिल्ला प्रहरी कार्यालय, सिरहाका शेखर कोइराला ट्राफिक निर्देशनालयमा आएका छन् ।त्यस्तै, धादिङका ध्रुवराज राउत अनुसन्धान विभागमा आएका छन् ।