काठमाण्डौ – राजधानीको व्यस्तता, केहि काम छैन भने पनि मान्छे फर्सदिलो हुदैन । व्यस्तताकै विचमा मैले पनि आफुलाई व्यस्त नै राखेकी थिए । पावर न्युज मासिक र नेशनल पावर न्युज अनलाईन पोर्टलमा समाचार सम्पादनको काम गर्दै दिन चर्या वितिरहेको थियो । यस पाली नेपालमै फरक प्रकृतिको अवार्ड गर्ने तयारीमा पनि साथीहरु सबै निकै व्यस्त थियौँ । नेपाली मुलधारको भाषा बाहेक मात्रै ११ ओटा राष्ट्रिय भाषालाई समेटेर अवार्ड गर्ने भन्दै गीत रजिस्ट्रेसनको काम पनि धमाधम चलिरहेको थियो । फागुनको महिना बाहिर तापिलो घाम थियो दिउसोको १२ बज्दै थियो ।
बार्यलयका सबै कामहरुलाई थाति राख्दै हामी सुटुक्क काठमाण्डौको माछा पोखरीबाट नुवाकोटको यात्रामा लाग्यौँ । माछा पोखरी बाट तिनपिप्ले हुदै ककनी गाउपालिकाका लागि प्रस्थान गरेका थियौँ । कच्चि र धुलाम्मे सडकलाई पार गर्दे हामी अगाडी बढ्दै गयौँ । काठमाण्डौको हल्ला र कोलाहल बाट हामी निकै टाढा पुगी सकेका थियौँ । लहरै मिलेका खेतका गह्रा र कान्लाहरु निकै मनमोहक देखिन्थे । बाटो बाटोमा पानीका मुहानहरु सलल बगेको पानी आहा यस्तो पानी काठमाण्डौमा भईदिएको भए कति जाति हुन्थ्यो मनमा यावत कुराहरु खेल्थे ।
प्रकृतिले त आफ्नै तरिकाले सिगारेको थियो मनमोहक लोभयाउने दृश्यहरु थिए । तर राजधानीले भने निकै अन्याय गरेको जस्तो लाग्यो यति नजिकैको बस्ति जो राजधान िसंगै जोडिएको छ । यसै जिल्लाबाट अर्जुन नरसिंह केसी,प्रकाशमान सिंह जस्ता मन्त्रीहरु नजन्माएको पनि कहाँ हो र ?अहिले सम्म विकासका पुर्वाधारहरु बाटनिकै बन्चित रहे छ । प्रकृतिकै काखमा जन्मे र उर्हेका नुवाकोटीहरुलाई राजधानीको सुखिलो हावाले थुनपनि सकेको रहेन छ । यो दर्दशा देख्दा बेलाबेला राजनितिलाई धिक्कार्न मन लाग्थ्यो । कच्चि साधुरो डर लाग्दो सडक जहाँका घुम्तीहरुमा सानो गाडी पनि मोड्न गाह्रो । मोड्न खोज्दा अगाडी सिधै भिर र पहरा देखिने । बेलाबेला डरले सातो जान्थ्यो ।
गाडी चालक किशोर सर निकै सिपालु काठमाण्डौको भिड छिचोल्दा छिचोल्दै उहाँले भिर र पहरामा पनि गाडीको स्टेरिङलाई सरल र सहजै घुमाउनु हुन्थ्यो । बेला बेला शिव तान्त्रिक गरु जीको शक्तिले हामी सहजै ठाउमा पुग्छौँ भन्नु हुन्थ्यो । सहज रुपमा गाउ सम्मै गाडीमा पुग्ने किशोर सरको प्रयास सफल हुन सकेन । गाउको नजिकै ठुलो खाल्डोका कारण गाउ भन्दा अलि माथि थली भन्ने ठाउमा गाडीलाई राखेर अव पैदल जाने भन्दै झोला बोकेर पैदल यात्रामा लाग्यौँ । भिरालोमा गाउँ थियो र हामी गाउ माथिको रानी पौवाको बन हुदै ओरालो झरेका थियौ । अरु सबै त जवान थिए । सुरु सुरु हिड्न थाल्नु भयो तर जेष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्य उमेर ले ७५÷ ८० को हाराहारीमा हुनुहुन्थ्यो । उहाँ भने घास र रुखको जरामा झुण्डीएर हिड्न थाल्नु भयो । कैयौ पटक त मैले पनि उहाँलाई आफ्नो हातको सहारा दिएर ओराल्ने प्रयास गरे । हामी सबै ककनी गाउपालीका वडा नम्बर ८ छापथोक गाउँ प्रबेश गयौँ । बाटोको नजिकै एक्लै घर थियो ।
दुई तले घर,घरको छत जस्ताले छाएको थियो । घरको आगनी सँगै जोडेर बनाएको अर्को सानो घर जस्को छत भने टाएलले छाएको थियो जुन गाई गोरुहरुको लागि बनाएको थियो । भिरालो जग्गामा बनेको घरको आफ्नै छुट्टै प्रकारको मौलिकता थियो । हामी त्यहि घर को आगनी तिर लाग्यौँ । घरको पिडिमा खटिया खटिया माथि एक बृद्ध हजुर आमा बसी रहनु भएको थियो । आगनी भरि गाई बाख्राहरु थिए, छोरा नेत्र र नातिनि गँगा आफ्नै कामका व्यस्त थिए । रातो बुट्टा भएको ढाकाको चोली र धोती लगाएर पिडिमा बसीरहनु भएकि हजुर आमा बाटुली लामिछानेलाई हामी सबैले पालै पालो दर्शन गर्यौ । नाक र कानमा कुनै गहनाहरु थिएनन् तर हातमा भने चाँदीको जस्तो सेतो चुरा लगाउनुभएको थियो कपाल फुलेर सेतै भईसक्नु भएको थियो । विनम्रता पुर्व माधव सरले हामी काठमाण्डौ देखि आएको हजुरलाई भेटे भनेर । भन्दै हामी कहाँ बाट आएको किन आएको भन्नेबारेमा हजुर आमालाई बुझाई सक्नु भएको थियो । उहाँ आखा रामे संग देख्नु हुन्छ रे अनि कान पनि अलिअलि सुन्नु हुन्छ तर बोली भने लरबराएको थियो हामीले उहाँको बोली प्रस्ट बुझ्न सकेनौँ । हामी सबै अन्य कुरामै व्यस्त रहदा माधव सरले भने हजुर आमा संग कुरागर्न भ्याउनु भयो र बुझन र बुझाउन सक्नु भयो ।माधव सर उहाँ बरिष्ठ चलचित्र निर्देशक मात्रै भनएर एक कुशल पत्रकार र समाज सेवी पनि हुनुहुन्छ ।
समय र परिस्थीतीलाई तत्कालै सम्हाल्न सक्ने खुबी माधव सरमा रहेको छ । नेपाली चलचित्र बृत चित्र मात्रै नभएर पछिल्ला दिनहरुमा कुना कन्दरामा पुगेर त्यहाँको यथाथृता कलम र क्यामेरामा कैद गर्नु उहाँको उदेश्य हो । यसैको उपज हो उहाँले पश्चिम नेपालको कुरीतीलाई आफ्नो दुर्गामाण्डौ नामक उपन्यासमा उतारेका छन् । उहाँले निकै मायाले कजुर आमा संग कुरा गर्नु भयो । त्यस पछि किशोर जँग राणा,रामकृष्ण कर्माचार्य,सनसाईन किन्नर गार्डेनका अध्यक्ष बद्री दुलाल,बरिष्ठ चलचित्र निर्देशक माधव राज खरेल, नेशनल पावर न्यज अनलाइृनका राजन थापा सहित हाम्रो टिमले हजुर आमालाई दिर्धायुको कामना गर्दे फ्रेम,दोसल्ला,लत्ताकपडा,फलफुल र केहि नगदले सम्मान गर्दे उहाँबाट आसिर्वाद लियौँ । तपाईलाई कस्तो महसुस भईरहेको छ भनेर हामीले किशोर सरलाई सोध्दा उहाँले भन्नु भयो “ हजुर आमाको आसिर्वाद लिनको लागि आज म उहाँको चरणमा पुगेको हुँ । आगामि दिनहरुमा भवितव्यमा हजुर आमाको स्वास्थमा समस्या आउने वित्तिकै मेघा अस्पताललाई सम्झिनुस् । उहाँको साधारण देखि जटिल प्रकारको शल्यक्रिया समेत मेघा अस्पतालले निशुल्क रुपमा गर्ने छ अवको हजुर आमाको उपचारको जिम्मेवारी मेघा अस्पतालको भयो,साथै उहाँका परिवारका अन्य सदश्यहरुलाई पनि पचास प्रतिशत उपचार सेवामा छुट गर्ने वचन समेत दिए ।” जेष्ठ नागरिककोषका सभापति रामकृष्ण कर्माचार्य आफै पनि उमेरले नेटे काट्दै गईरहेको छ । तर पनि उहाँ समाज सेवाको भावनामा ओत पोत हुनुहुन्छ । हात पाखुरीले विस्तारै शक्ति दिन छोड्दा पनि उहाँको मन र मुटुले समाज सेवा गर्न पछि परेको छैन । यहाँनेर हेर्दा तपाई पनि हाम्रा हजुर बुबा हो कस्तो महसुस गर्दे हुनुहुन्छ ? भन्दा उहाले भन्नु भयो “राष्ट्रिय जेष्ठ नागरिक कोषले यसरी अभिनन्दन गर्न पाउदा निकै नै खुसी लागि रहेको छ ।
त्यस्तै शिव तान्त्रिक गूरुले पनि भगवानले आफ्नो रुपमा आमालाई यो धर्तिमा पठाएका हुन सक्छन् । उति लामो आयु लिएर आउनलाई त उहाँले पुर्व जन्ममा धेरै पुण्डे गरेको हुनुपर्छ, उहाँलाई सम्मान गर्न पाउदा साह्रै खुसी लागेको बताउनुभयो । त्यस्तै बरिष्ठ चलचित्र निर्देशक माधव राज खरेलले पनि आफुले सुनेको अर्कै र देखेको अर्कै बताउनु भयो । उहाँले त सिन्धुपाल्चोक घर भएकी हजुर आमा अनि उहाँको सन्तानै नभएको यावत् भ्रामक कुराहरु सुनेको थिए तर यहाँ आउदा यथार्थता थाहा पाए, अहिले उहाँ कै अगाडी उहाँ लगायत चार पुस्ता देखे हजुर आमा आफ्नो पाँचौ पुस्ताको आगमनको पर्खाईमा हुनुहुन्छ । धेरै साथीहरु भ्रामक कुराहरुलाई युटुवमा राखेर कमाई खाने भाडो बनाउदै गएका छन् , त्यस्तो गलत प्रबृतिको होड बाजी छोडेर एक पटक बाटुली लामिछाने कहाँ पुगेर हेर्नुस् अनि मात्रै बोल्न सम्पुर्ण मिडियालाई आग्रह गर्नुभयो । अन्य शिक्षक बद्रि र राजन सर हरुले पनि यति कठिन बाटोमा यात्रा गरेर आए पनि हजुर आमालाई सम्मान गर्न पाउदा साहै्र खुसी भएको बताउनुभएको थियो ।
अन्य परिवारका सदस्यहरु छोरा ७५ वर्षिया नेत्र प्रशाद लामिछाने,नातिनि गँगा ढुङगाना र पनाती श्याम ढुङगानाहरु संग पनि हामीले केहि समय कुरा कानी गरेका थियौँ । उहाँहरु सबै खुसी छन् एक सय सोह्र वर्ष सम्म हामीहरुले उहाँको लागि केहि दुख गर्नु परेको छैन,उहाँ आफै खाना खानु हुन्छ, दिशापिसाव पनि आफै गर्नुहुन्छ उहाँ हाम्रा लागि बोझ नभएर प्ररणाको पात्र हुनुहुन्छ भनेका थिए । सम्मान कार्यक्रम सकेपछि छोरा नेत्रको आग्रहमा हामी सबैले एक एक गीलास दहि खायौँ त्यस पछि चिया क्रमै संग हामीले गाउको अमृत पनि चाख्दै गएका थियौँ । गाउको खानेकुरा साच्चै हाम्रा लागि अमृत नै थियो । त्यहाँ को सबै आने कुरा सफा र ताजा छ । जडीबुटी खुवाएर पालेका गाई गाई हरुको दुधको चिया को स्वादै कति फरक कती । सबै जना चिया पिउनमा व्यस्त थिए । ति हजुर आमा भने हामी भए तिर टुलु टुलु हेरिरहनु भएको थियो । हजुर आमालाई हेर्दा मनमा कस्तो अनौठो महसुस भएको थियो । सबै जना यसतो हुजर आमा उस्तो हजुर आमा भन्दै बयान र बखान गर्दछन् । धेरै लामो आयु बाँच्नु भनेको ईश्वरको बरदान त हो नै अर्को तिर अभिषाप पनि काहाँ न होर लाग्यो । हजुर आमा प्रस्ट बोल्न सक्नु हुन्न उहाँको बोली लरबराएको छ । उहाँका हात पाखुरीले काम गर्न छोड्नु भएको छ । जव आफुमा सक्ति र सामथ्र्य छैन भने कसरी यो संसार चल्ला ? यावत कुराहरुले मन मा खुलदुली लागिरह्यो । यदि हजुर आमा अहिले राम्रो संग बोल्न सक्ने भईदिएको भए उहाँको सताब्दियौँ पुरानो अनुभवहरु साटासाट गर्थे होला ।
हामी कितावहरु पढ्छौ,तर जिवित किताव अहिले हाम्रै अगाडी हुन्थे । जिउदो ईतिहास भए पछि को जान्थ्यो र मरेको ईतिहासको पछि मनका खुलदुलिहरुलाई छोप्नु थियो । जे सुकै भए पनि यक्तिकै अझ सयौँ वर्ष बाँचिरहनु भन्दै कामना गर्नु बाहेक मेरो हातमा केहि थिएन । हुन त परिवारका सदस्यहरु पनि त उहाँले भाग्य मै ल्याउनु भएको रहेछ । उहाँको स्याहार सुसारमा कुनै कमी राखेको छैन । आजको आधुनिक दुनियामा आमा वुवाको हात पाखुरीले काम गर्न छोड्ने वित्तिकै आफ्नो घर छोडेर घर निकाला हुनु परेका घटनाहरु तपाई हाम्रै सामु कैयौँ छन् । बृद्धा आश्रमको वास वस्नु परिरहेको छ । यहि जमानमा लामिछाने परिवार पनि छ जहाँ हजुर आमाको स्याहार गर्ने बुवाको उमेर पाकीसक्यो भनेर नातिनी र पनातिहरुले पालन पोषण गरिरहेका छन् । एक सय सोह्र वर्षको आमालाई भगवान जसतो पुजेर यो खोक्लो र स्वार्थी दुनियामा एक नयाँ मिसाल बनेका छन् । उहाँहरुको सँस्कार यो समाजका आधुनिक मानवले सिक्न अतिआवस्यक छ जसले जेष्ठ नागरिकलाई बोझका रुपमा लिन्छन् । साथीहरुले चिया सकेर अव जाने निर्णय गरे राती अवेर भैसकेको थियो हामीले काठमाण्डौ पुग्नु थियो । परिवारका सबै सदश्यहरुबाट बिदा भएर हामी फेरी आउने भन्दै छापथोकबाट उहि धुलो र धुवाको राजधानी,उहि अस्त व्यस्त राजधानी र उहि स्वार्थी र खोक्लो शहरमा बाध्यता र विवषताले अस्तव्यस्त हुन प्रस्थान गर्यौँ । शान्त र सुन्दर छापथोकलाई बेलुकिको झिसमिसे संगै वाईवाईका हात हल्लाउदै फर्कियौँ । उनै हजुर आमा बाटुली लामिछानेको माया ममता आशिर्वाद को पोकाहरु मन मुटु भरि थन्काउदै उहि जिवनको भुमरी राजधानी तिरै लम्कियौ ।
कमला जोशी सम्पादक पावर न्युज राष्ट्रियमासिक