Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

केरुङ-काठमाडौं रेल अनुदानमा बनाइदिन चीनलाई नेपालको प्रस्ताव

Saturday, April 21, 2018 National Power

८ वैशाख, काठमाडौं – नेपालले चीनसामू काठमाडौं-केरुङ रेललाई अनुदानमा बनाउन प्रस्ताव गरेको छ । चीन भ्रमण पुरा गरी शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो रेलमार्गलाई द्वीपक्षीय सम्वन्धको प्रतिकका रुपमा अघि सारिएको बताए ।

उनले भने, बीआरआई अन्तरगत अरु परियोजनाका विभिन्न मोडल हुनसक्छन् । तर, सीमा आरपार रेल्बे परियोजना चीनको ग्रान्टमा बनोस् भन्ने हाम्रो आग्रह छ ।’ नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच ५ बैशाखमा बेइजिङमा भएको वार्तामा ‘वान बेल्ट वान रोड’मार्फत ‘क्रस हिमालय केनेक्टिभिटी नेटवर्क’ अघि बढाउने सहमति भएको थियो । संयुक्त पत्रकार सम्मेलनमा चिनियाा विदेशमन्त्री वाङ यी भारतलाई पनि यसमा सहभागी हुन आग्रह गरेका थिए ।

मन्त्री ज्ञवालीका अनुसार केरुड(काठमाडौंका साथै काठमाडौंवाट पोखरा हुँदै लुम्विनी जोड्ने रेलमार्गको सभाब्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयारीवारे छलफल भएको छ । दुबै पक्षले ओबरअन्तर्गत पूर्वाधार, यातायात सञ्जाल, ब्यापार, पर्यटन क्षेत्रका परियोजना पहिचान गरी समयतालिका बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको मन्त्री ज्ञवालीले बताए ।

चिनियाँ सहयोगमा सञ्चालित परियोजनाहरुको प्रभावकारी कार्यान्वयनलाई सहजीकरण गर्न द्विपक्षीय समन्वय तथा कार्यान्वयन संयन्त्र स्थापना गर्ने सहमति भएको छ । उनले अघि भने, ‘विदेशमन्त्री वाङले नेपाललाई आफ्ना छिमेकीहरुबाट लाभ लिने पुरापुर अधिकार छ र असल छिमेकी हुनुको नाताले नेपालको विकासलाई सहयोग गर्नुपर्छ भन्ने धारणा राख्नु भएको छ । यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।’