Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

सुनाऊन मन लाग्यो कथा गाउँ घर को

Friday, April 20, 2018 National Power

मुक्तक 
सुनाऊन मन लाग्यो कथा गाउँ घर को
झुपडी त्यो चुहिने मक्किएको खर को ।


सुधार्नलाई उद्रिएको कमाउने रहरलेनै
पसें विदेश दुःख पाईयो कामै छ डर ।।

झुपडीको खर बाट जून देख्छ गरीबले
पीर,ब्यथा सपनीमा नून देख्छ गरीबले ।

मर्नलाई डर छैन केवल इज्जत बचाऊँन
हरको लाज ढाक्न ,,उन देख्छ गरीबले ।।


तिम्रो घर जहाँ भएनी बुद्ध जस्तै ज्ञानी बन
शान्तिको सन्देश छरी ममताको खानी बन ।

भोक प्यासले तिमीलाई धेरै सताएको होला
भबिस्यमा अनाथ लाई गाँस दिने दानी बन ।।

धिक्कार छ तिम्रो जन्म दिने बा(आमालाई 
पछि सुन्दर संसार हेर्ने आँखाको नानी बन ।

भगवानले तिम्रो निर्दोष शरीरलाई रक्षा गरुन
तिमी जस्तै अनाथ को प्यास मेटने पानी बन ।।

हार नमान तिमि बाच्नु पर्छ यो पापी दुनियाँमा
नाङ्गा हरुको आङ ढाकी दुस्खिको रानी बन ।।



कृष्ण गौतम 
बर्मा (हाल थाईल्याण)