Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

ओली–प्रचण्ड लगातार बैठक : एकताबारे आ–आफ्नै दाबी

Friday, April 20, 2018 National Power

७ बैशाख,काठमाडौँ – पार्टी एकतामा विवादित विषय टुङग्याउँन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड विहिबारदेखि दैनिक ‘वान टु वान’ वार्तामा छन् । दुई नेताबीच बिहिबार झण्डै तीन घण्टा वान टु वान छलफल गरेका दुई नेता शुक्रबार पनि लामो छलफलमा व्यस्त रहे । तर, बालुवाटारमा भएको ओली र प्रचण्डबीचको दुवै दिनको छलफलमा के–के भयो रु भन्नेबारे भने कतै सार्वजनिक भएको छैन । यसबारे दुवै नेताले मुख पनि खोलेका छैनन् ।

यसअघि बैशाख ९ गते हुने भनिएको एमाले–माओवादी एकता घोषणा टरिसकेको छ । वैशाख नौ गतेको एकताको मिति टरेपछि नेता कार्यकर्तामा एकताबारे थप अन्यौल पैदा भएको छ । तर पनि ओली र प्रचण्डले एकता टरेको नभई मिति सरेको मात्रै भन्दै आएका छन् ।

दुई अध्यक्षबीच वान टु वानमा सहमति जुटेपछि एकता घोषणा गर्ने अर्को मिति तय हुने र समितिको बैठकबाट मिति अनुमोदन गरिने एकता संयोजन समितिका सदस्यहरुले बताउँदै आएका छन् ।  गत बैशाख ४ गते बसेको पार्टी एकता संयोजन समितिको बैठकले दुबै पार्टीका अध्यक्षलाई विवादित विषय मिलाउने जिम्मा दिएको थियो । दुई दलबीच जनयुद्ध शब्द विधानको प्रस्तावनामै राख्ने कि नराख्ने रु, निर्वाचन चिन्ह सूर्य या सूर्यभित्र गोलकाकार हँसिया–हथौडा राख्ने या नराख्ने र एकीकृत संगठनमा कुन पार्टीका कति सदस्य राख्ने भन्नेमा मुख्य विवाद छ ।

यिनै विवाद मिलाउन बिहिबारबाट दुवै अध्यक्ष निर्णायक छलफलमा जुटेका हुन् । यहि विवाद नमिल्दा बैशाख नौ गते हुने भनिएको एकता घोषणा हुन नसकेको एमाले–मओवादीका दोस्रो तहका नेताहरुको बुझाइ छ ।

दुवै पक्षका नेताको आ–आफ्नै दावी

‘एमाले र माओवादी पार्टी एकतामा ढिलाई हुनको प्रमुख कारण सम्मानजनक हैसियत नै हो,’ अध्यक्ष प्रचण्ड निकट मानिने नेता हरिबोल गजुरेलको भनाई छ । गजुरेल भन्छन् ‘दुबै पार्टीका अध्यक्षको हैसियत एउटै हुने अन्यको नहुने भन्ने नै हुदैन । हामी चुनावमा पनि अहिले जाँदैछैनौ । पार्टी एकतामा जाँदै छौ । अहिलेको एकता ढिला हुनुको प्रमुख कारण नै ५०–५० मा कुरा नमिलेर हो । यो मिल्ने बित्तिकै पार्टी एकता हुन्छ ।’

गजुरेलका अनुसार जनयुद्ध शब्द घोषणापत्रमा राखिसकिएको छ । घोषणापत्रमा राखिसकिएको उक्त शव्द विधानमा नराख्ने भन्ने नै हुँदैन । ‘जुन कुरा चुनावका समयमै मिलिसकेको हो । तर, अहिले किन फेरि जनयुद्धमा बहस गर्दैछन् एमालका साथीहरु बुझ्नै सकिएको छैन,’ गजुरेलको तर्क छ । एमाले नेता सुवास नेम्वाङ धेरै विषय मिलिसकेकाले एकता घोषणा गर्न समस्या नै नभएको बताउँछन् । केही प्राविधिक विषयमा सहमति हुने वित्तिकै एकता घोषणा हुने नेता नेम्वाङको दावी छ । उनी भन्छन् ‘एमाले र माओवादीबीच एकताका लागि नमिलेका त्यस्ता गम्भीर विषय नै छैनन् ।’

नेता नेम्वाङका अनुसार समान हैसियतकै आधारमा पार्टी एकता हुने हो । ‘कसले भनेको छ असमान हैसियतमा एकता हुन्छ भनेर रु,’ उनले भने, ‘भोलि एक भएपछि सिङ्गो पार्टी नै सबैको हुने हो ।’