Thursday 22nd February 2024

    एभरेष्ट नेपाल कल्चरल ग्रुपले १२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको आयोजना गर्दै    चर्चित हाँस्य कलाकार गणेश ईशाराको एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम गर्दै    गोर्खा वारियरको पोखरामा भव्य रेडकार्पेट प्रिमियर    पाशुपत क्षेत्रमा पहिलो पटक स्वस्थानी माताको ब्रतकथा बाचन हुँदै    चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेलामा चलचित्र निर्देशक खरेललाई मानार्थ सदस्यता प्रदान

गायक सङ्गीतकार सुजन तिगेला लिम्बु

Friday, April 20, 2018 National Power

काठमाडौं – नेपाली गीत सङ्गीतलाई समृद्धतर्फ लैजानका लागि अनेक स्रष्टा लागि परेका छन् । नेपाली आधुनिक गीत–सङ्गीतमा प्रत्तद गायनदेखि आजको डिजिटल युगसम्ममा हजारौं गायक–गायिका एवम् सङ्गीतकारले आफ्नो जीवन व्यतित गरिसकेका छन् । नेपाली गीतसङ्गीतको लामो समयको अन्तराल सँगसँगै निकै मिठा र सश्क्त स्वरका धनी गायक गायिका र सङ्गीतकार यो क्षेत्रले पाएको छ । अहिले पनि यो क्षेत्रमा धेरैले आफ्ना क्रिएशनहरु प्रस्तुत गरिरहनुभएको छ । यस्तै यो क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल गायक तथा सङ्गीतकार हुन् सुजन तिगेला लिम्बु ।
अहिलेसम्म आउँदा ३ सय भन्दा बढी गीतमा स्वर र १ सय जति गीतमा सङ्गीत भरेका उनले थुपै्र गीतकारको शब्दमा स्वर र सङ्गीत भरेका छन् । लोक गायन, पाश्र्व गायन र आधुनिक सबै खालका गीत गाएर स्रोताको मन मष्तिकमा आफ्नो छुट्टै छबी बनाएका सुजन सानै देखिनै यो क्षेत्रमा लागेको बताउँछन् । केही गीतमा आफैँ मोडलिङ समेत गरेका उनका सेल्फिको जमना, तिमी फूल बनिदिनु प्रिय, कथाले मागेपछि, अरे के साह्रो व्युटी, म त परे सोझो, लुङ्गामा ज्यु, मायालाई बैना सालैजो, कौडा जस्ता गीत बढी स्रोता÷दर्शको बढी रोजाइका गीत रहेका छन् । उनका अहिलेसम्म पाँच वटा एल्वम बजारमा आएका छन् भने थुप्रै कलेक्सन एल्वममा पनि स्वर दिएका छन् ।
उनका गीतलाई स्रोता÷दर्शकले मन पराउनुका साथै उनले केही अवार्ड पनि हात पार्न सफल भएका छन् । गौतम बुद्ध जन्मे जहाँ स्वदेश गीतमा उनले कालिका म्युजिक अवार्ड हात पारेका छन् भने थुप्रै अवार्डहरुमा नोमिनेशनमा परेका छन् उनका गीत ।  उनले हालै दर्शक÷स्रोतामाझ ‘मायाले सन्सार थाम्दैन’ गीतको म्युजिक भिडियो ल्याएका छन् । बेलायतमा बसेर गीत तथा कबिता लेख्नमा आफूलाई सक्रिय बनाइरहेकी जानू काम्बाङ लिम्बू को शब्द रहेको यो गीतमा सुजनकै सङ्गीत रहेको छ ।
गीतको भिडियोलाई युगल पोमुले निर्देशन गरेका छन् । हङकङको मनोरम स्थान सिङमुन भ्याली र त्यसको वरपर छायाँकन गरिएको उक्त भिडियोमा मौसम लिम्बु (फुलन देको बाउँ) हेमराज लिम्बु र विद्या श्रेष्ठले अभिनय गरेका छन् । त्रिकोणात्मक प्रेमकथा व्यक्त गरिएको सो भिडियोको छायाँकन ज्याप प्रोडक्सनले गरेको हो । थुप्रै गीतकारहरुको शब्दमा स्वर भरेका सुजनले साहित्यकार झमक घिमिरेको ‘मनको घाउँ’ पहिलो गजल पनि उनले गाएका हुन् ।  ‘म निरन्तर गीत सङ्गीतको यात्रामा छु, अझैँ धेरै नयाँ नयाँ क्रिएशन स्रोता÷दर्शकलाई पस्कनु छ, मलाई माया गरिरहनु भएको आम स्रोताले खुशी छु’, सुजनले भने ।