Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

पक्राउ परे दीपक मनाङे

Friday, April 20, 2018 National Power

७ बैशाख,काठमाण्डौ – फरार अभियुक्त दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारबाट निर्वाचित सांसद् गुरुङलाई बिहीबार पक्राउ गरेको हो ।

गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार थिए। ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो।

उनी हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनले सांसदको शपथ समेत लिएका छैनन् ।

अरबिन्द्र गौतम / काभ्रे