Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

कोशिपारिको बाटोमा कालोपत्रे सुरु

Friday, April 20, 2018 National Power

७ बैशाख,काभ्रे – कोशीपारी दोलालघाट हुँदै भुम्लुटार सम्मको बाटो कालोपत्रे आज बाट सुरु भएको छ । हालै नव निर्वाचित ऐमाले तर्फका अध्यक्ष गुमान्धोज कुवंरले जनताले आफुलाई मत दिए बापत कच्चि मोटर बाटो पिच गर्छु भनेर बाचा गरेको थिए ।  निर्वाचन पछी लागतै कुवरले बिकास निर्माणको कामलाई तिब्रता दिदै आएकोले स्थानीय खुशी हुदै आएका छन् ।

कोशीपरि पनि बिस्तारै सुगम हुदै जब स्थानीय निर्वाचन पछी कुवंरले बिकास निर्माणको कार्यलाई तिब्रता दिएर आगडी बढेपछि मोटर बाटो ,शिक्षा ,स्वास्थ ,खानेपानी आदिको बिकास गर्दै आएकाले कोशिपरिको मुहारनै परिवर्तन भएको छ । कच्ची मोटर बाटो द्दण्ठट असार सम्म पिच सम्पन्न हुने भनी अध्यक्ष कुवँरले जानकारी दिनु भयो ।

साथै कुवंरले खानेपानी, बिजुली , सडक न पुगेको ठाँउमा सडक , गुणस्तरीय शिक्षा लगायत विभिन्न बिकास निर्माणका कार्य गर्दै आएकोले स्थानीय खुसीहुँदै हाम्रो मत खेर गएन भन्दै आएका छन् ।

अरबिन्द्र गौतम / काभ्रे