Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

प्रेमीले समय नदिएकोमा दुर्गाले गुनासो पोखिन (भिडियो सहित)

Sunday, April 15, 2018 National Power

२ बैशाख, काठमाण्डौ  – नेपाली संगीतिक दुनियामा आफ्नो वेग्लै स्थान वनाएकी जादुमय स्वरकी धनि दुर्गा खरेलले ‘भेटेरै सुन्नुछ’ बोलको गीतलाई दर्शक श्रोतहरुका विचमा लिएर आएकीछन् । उक्त गीतको भिडियो केही दिन अगाडी मात्रै सार्वजानिक गरिएको हो । अमृत रेग्मीको शब्द तथा अर्जुन पोख्रेलको संगीतमा सार्वजनिक गीतमा फिरोज बस्नेतले गायिका खरेललाई गायनमा साथ दिएका छन् ।


‘भेटेरै सुन्नुछ’ बोलको सार्वजनिक गीतको भिडियो निशान घिमिरेले निर्देशन गरेका छन् । भिडियोमा  अभिनेत्री प्रियंका कार्कीका साथमा मोडल पवन शर्माले अभिनय गरेका छन । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन् । नृत्य निर्देशन भने सुरेन्द्र बसेलले गरेका छन ।

भेटेरै सुन्नुछ’ को म्यूजिक भिडियो