Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

“कति सम्झे ,कति भुँले ” भन्दै हङकङ निवासी ज्ञान सुव्वा (भिडियो सहित)

Sunday, April 15, 2018 National Power

२ बैशाख,काठमाडौं – नेपाली संगीतिक दुँनियामा आफ्नो वेग्लै पहिचान वनाएका हङकङ निवासी गायक ज्ञान सुब्बाले “कति सम्झे ,कति भुँले “गीतको भिडियो नयाँ वर्षको अवसरमा  हङकङवाट सार्वजानिक गरेका छन् ।

दार्जिलिङका विभिन्न रमणिय स्थानमा छायाङकन गरेर तयार पारिएको म्युजिक भिडियोलाई युटुव मार्फत सार्वजनिक गरिएको हो । माया र प्रेमभावलाई समेटेरनिर्देशक सोनाम पाख्रिनद्धारा तैयार पारिएको म्युजिक भिडियोमा कलाकार दिक्पाल कार्की र क्रिस्टिना थापाको अभिनय देख्न सकिन्छ ।

छेवाङ लामाको शब्दमा दिनेश सुब्बाको संगीत, फडिन्द्र राईको एरेन्ज र मिन विष्टले मिक्सिङ र मास्टरिङ गरेका छन् । विष्टले यस अघिनैे नेपालमै पहिलो पटक थ्रिडि प्रविधिमा तैयार पारेको गीत समेत सार्वजानिक गरिसकेका छन् ।

सुव्वाले निर्माण गरेको भिडियोमा उत्सव ढकालको छायांकन, सुशिल न्यौपानेको सम्पादन रहेकोछ।

(भिडियो सहित)