Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

डिआइजी रमेश खरेलले दिए राजीनामा

Thursday, April 12, 2018 National Power

२९ चैत,काठमाडौं-डिआइजी रमेश खरेलले राजीनामा दिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नवनियुक्त आइजिपी सर्वेन्द्र खनाललाई बधाई दिँदै प्रहरी सेवाबाट आफूले राजीनामा दिएको घोषणा गरेका छन्।

राजीनामा दिएको घोषणा गर्दै उनले फेसबुकमा लेखेका छन्,‘ नवनियुक्त प्रहरी महानिरीक्षकज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै २९ वर्षको सेवा अवधिबाट अलग्गिने निर्णय गर्दछु । साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदीबहिनीप्रति आभार व्यक्त गर्न चाहन्छु । जय नेपाल ।’

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी खनाललाई आइजिपीमा बढुवा गरेको थियो । प्रहरी प्रमुखमा खनाल नियुक्त भएसँगै खरेलले राजीनामा दिने निर्णय गरेका हुन्। प्रहरी प्रमुखका लागि खरेलसँगै खनाल र पुष्कर कार्की प्रतिष्पर्धामा थिए।