Thursday 5th December 2024

    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै    पूर्व मन्त्री भण्डारीले गरे डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको कार्यालय उद्धघाटन    प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक    पञ्जावमा मैत्रियका बालबालिकाहरु विजयी    नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना

आजबाट बिस्केट जात्रा

Tuesday, April 10, 2018 National Power

२७ चैत, भक्तपुर -भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा मंगलबारबाट सुरु हुँदैछ । गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीका अनुसार मंगलबार दिउँसो एक बजेबाट जात्रा सुरु हुनेछ । तौमढी ९पाँचतले मन्दिर अगाडि० बाट भैरव र भद्रकालीको रथ तानेर बिस्केट जात्रा शुरु हुन्छ । यो जात्रा आगामी बैशाख ५ गते गहिटी पुर्‍याएर सम्पन्न हुन्छ ।

जात्रालाई शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार जात्रा हुने ३४ स्थानमा सिसी टिभी क्यामरा जडान गरेर निगरानीको व्यवस्था मिलाइएको छ । यसबाहेक जात्राको सुरक्षाका लागि एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । जात्रा अवधिभर भक्तपुरमा मदिरा बिक्री वितरणमा रोकसमेत लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले झगडा गर्ने एवं ढुंगा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही गर्ने बताए ।

बिस्केट जात्राको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच हरेक वर्ष ढुंगा हानाहान हुने र झडप हुने गर्दछ । जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आग्रहसहित सोमबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सदभाव र्‍याली निकालिएको थियो ।