Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

नेकपा मालेले ब्यूझायो जनआन्दोलन

Tuesday, April 10, 2018 National Power

 

काठमाडौं –  नेकपा मालेले २०४६ साल चेत २६ गते भएको संयुक्त जनआन्दोलनको सम्झना गर्दै सहिदहरुप्रति सम्मान व्यक्त गरेको छ । आज दिउँसो सुन्धारस्थित धरहराको प्राङगणमा भेला भई विभिन्न प्लेकार्ड, नाराका ब्यानर तथा पार्टीको झण्डा लिएर पार्टीका महासचिव सिपी मैनालीको नेतृत्वमा नारा लगाउँदै सुन्धाराबाट जुलुस न्यूरोड हुँदै इन्द्रचोक, भोटाहिटी भएर रत्नपार्कस्थित शान्तिवाटिकामा सबैतिरबाट जम्मा भई जनसभामा परिणत भएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेताहरुले संयुक्त जनआन्दोलनको भावना विर्सिएर अहिलेका सत्ताधारी राजनीतिक पार्टीहरुले विदेशी तावेदारीको निर्देशनमा काम भएको र स्वदेशी उद्योगी, व्यापारी, स्वाभिमानी देशभक्तहरुको अवस्थामा अप्ठ्यारो स्थिति सृजना भएको, महँगी, अभाव बढ्दै गएको राष्ट्रिय अखण्डता खतरामा परेको दिनानुदिन दक्ष युव शक्ति विदेश पलायन भएको र यसले देशको अवस्था चिन्तित हुने मोडमा पुगेको चिन्ता व्यक्त गर्दै स्वदेशमा नै आत्मनिर्भरमुखी कार्य योजना बनाई काम गर्ने वातावण बनाउन सम्बन्धित निकायलाई आग्रह गरे भने यी सबै समस्यहरु उत्पन्न हुँदा समेत सत्ताधारी पार्टीहरुले मुकदर्शक भएर बसेको हुँदा नेपाली जनताको जनआन्दोलनको सपना पूरा नहुने भएको हुनाले सम्पूर्ण देशभक्त राष्ट्रवादी शक्ति एक हुनुपर्ने धारणा कार्यक्रमको सम्बोधनका क्रममा राखेका थिए ।