Sunday 14th July 2024

    University of Wolverhampton Visit in Nepal    चलचित्र कलाकार संघ र महर्षि वैदिक फाउण्डेसनको ध्यान एवं योगासनको अभ्यास कार्यक्रम सम्पन्न    Writers Corner Nepal welcomed the esteemed Indian poet Dr. Bhawani Shankar    नेपाली कांग्रेस जन सम्पर्क समिति अल कासिमको सभापतिमा टिकाराम तामाङ चयन    Esteemed Indian poet Nil including 16 Nepali poets recited the poem

११ दिनदेखि वेपत्ता डंगोल मारिएको विवरण उनकै फेसबुकबाट पोष्ट

Monday, April 9, 2018 National Power

२६ चैत, काठमाडौं –  रसुवाको उत्तरगया–५, लहरेका २९ वर्षीय चित्रमान डंगोल बेपत्ता भएको ११ दिनपछि उनी मारिएको विवरण र तस्वीर उनकै फेसबुकमार्फत सार्वजनिक भएको छ । स्थानीय मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङका अध्यक्ष एवं संस्थापक समेत रहेका उनको फेसबुक एकाउन्टबाट सोमबार झाडीमा पल्टिरहेको मानिसको तस्वीर पोष्ट भएको हो ।

तस्वीरसँगै क्याप्सनमा १२ वर्षअघि उनले पोष्ट गर्ने व्यक्तिको भाइको पेटमा छुरा हानेको उल्लेख गरिएको छ । भनिएको छ, ‘मेरो भाइ भाग्यले बाँच्यो । यसलाई पनि म भाइको जस्तै हाल बनाउन चाहन्छु । तर, यो बाँच्यो भने मेरो बर्बाद पारिदिन्छ ।’ स्टाटसमा डंगोललाई सिध्याउन राम्रो मौका पाएको र डंगोलकै मोबाइलबाट यो जानकारी पोष्ट गर्न पाएको उल्लेख छ ।

रसुवा बजार बन्द, अनुसन्धानमा सीआईबीको मद्दत मागियो । डंगोल गत १५ चैतदेखि बेपत्ता थिए । भोलिपल्ट उनको परिवारले उनी हराएको भन्दै प्रहरीमा उजुरी दिएको थिए । उनको खोजी कार्यलाई व्यापक बनाइएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी नायब उपरीक्षक ९डिएसपी० शरतकुमार थापा क्षेत्री बताउँछन् ।