गजल
सम्झिदा ति दिनहरु,मुटु जलेर आयो ।
यिनै थिए जिबनमा,बत्ति झै बलेर आयो ।।
तिमीलाई नै देखेर,बाच्ने साहास बटुले ।
दिन्छौकी धोका भनि,आत्मा गलेर आयो ।।
सोच्दा सोच्दै जिन्दगीका,पाटाहरु आज ।
कोर्दै थिए यिनकै नाउमा,रात ढलेर आयो ।।
तिम्रै लागी गरेका,संघर्ष का ति दिनहरु ।
ब्यार्थ त हुन्न कतै,भनि आशु उर्लेर आयो ।।
परिबर्तन बनाउन,खोजे जिबन मौसम सरी ।
घात गर्यो नियतिले,ऋतुलाई छलेर आयो ।।
कृष्ण गौतम
बर्मा (हाल थाईल्याण)