Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

छायाँछवि काव्य श्रृंखलाको छैठौें सिलसिला सम्पन्न

Sunday, April 8, 2018 National Power

२५ चैत,काठमाडैं – छायाँछवि क्रियशनको आयोजनामा छायाँछवि काव्य श्रृंखलाको छैठौं सिलसिला सम्पन्न भएको छ । शनिबार बागबजारको सिटिम्याक्समा आयोजित समारोहमा प्रसिद्ध साहित्यकार एवं रेडियोकर्मी नवराज लम्साल तथा अभिनेत्री शोभिता सिंखडाको विशेष आतिथ्यतामा छायाँछविले छैठौें काव्य श्रृंखला सम्पन्न गरेको हो । छायाँछवि काव्य श्रृंखलाका अध्यक्ष एवं वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियले कार्यक्रमको सुत्रधारका रुपमा प्रस्तुत हूँदै कार्यक्रमको प्रमुख उद्देश्यमाथी प्रकाश पारेका थिए ।

प्रियले आफ्नो मूल उद्देश्य साहित्यीक क्रियाशिलताका माध्यमबाट केही न केही साहित्यिक रुपमा बिकाश गर्नु नै बताए । कार्यक्रम संयोजक रश्मि रोदनले कार्यक्रमबारे प्रकाश पार्दै उपस्थित साहित्यकार एवं चलचित्र तथा संगीतकर्मीलाई स्वागत मन्तब्य राखेकी थिइन् । मन्तव्य राख्दै रोदनले साहित्य, संगीत र चलचित्रको त्रीवेणीलाई एकीकृत गराउने प्रयास स्वरुप छायाँछवि काव्य श्रृंखला आयोजना गरिदै आएको बताइन् ।


यस पटकको कार्यक्रम धादीङ बिशेष थियो । कार्यक्रमकी संयोजक रश्मि रोदन धादीङकै थिइन् भने कार्यक्रमका बिशिष्ट अतिथिद्वय नवराज लम्साल तथा शाभिता सिंखडा एवं काब्य वाचनकर्ताद्वय यात्री प्रकाश पाण्डे तथा अमृता स्मृति सबै धादीङकै थिए । कार्यक्रमको यस श्रृंखलामा गजलकार यात्री प्रकाश पाण्डेले गजल बाचन गरेका थिए भने कवयित्री अमृता स्मृतिले कविताहरु सुनाएकी थिइन् । वाचन गरिएका श्रष्टाका श्रृजनामाथी विशेष अतिथी नवराज लम्सालले समिक्षा गरेका थिए ।

साथै कार्यक्रमको आयोजना आफूलाई निकै मन परेको एवं छायाँछविले उत्कृष्ट कार्य गरेको टिप्पणी गरेका थिए । त्यस्तै कार्यक्रमकी विशेष अतिथी चलचित्र अभिनेत्री शोभिता सिंखडाले आफू यस्तोखाले लोकप्रिय साहित्यिक कार्यक्रममा आउन पाएकोमा खुशी व्यक्त गरेकी थिइन् । साथै सिंखडाले आफूले पनि उपन्यास वराङ्गना लिएर आउन लागेको बताइन् । कार्यक्रमका श्रष्टाद्वय यात्री प्रकाश पाण्डे र अमृता स्मतिले आफूलाई छैठौं सिलसिलामा चयन गरिएकोमा आभार व्यक्त गरेका थिए ।