Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

पवनको अलराउण्ड प्रदर्शनमा विराटनगर विजयी

Thursday, April 5, 2018 National Power

२२ चैत, धनगढी – पवन सरार्फको अलराउण्ड प्रदर्शनको मदतमा विराटनगर किङ्गसले धनगढी प्रिमियर लिगमा दोस्रो जित निकालेको छ । उसले घरेलु टिम चौराह धनगढीलाई १८ रनले हरायो । बिराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको टिम चौराहाले २० ओभरमा ९ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । ५२ रन बनाउदा ३ विकेट गुमाइसकेको थियो । सम्हारेर खेल्न नसक्दा चौराहाको विकेट झर्ने क्रम रोकिएन । चौराहाका लागि शंकर रानाले २५ रन बनाउदा अस्फाक अहमदले २२ तथा राजु रिजालले १८ रन जोडे ।

सुनिल धमलाले १२ र रोहन मुस्तफाले ११ रन बनाएपनि हारबाट बचाउन सकेनन । बलिङ तर्फ विराटनगरका पवन सर्राफले ४ तथा कप्तान पारस खड्का र बसन्त रेग्मीले समान दुईरदुई विकेट लिए । संघीय इकाई प्रहरीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर१२७ रन बनायो । विराटनगरको सुरुवात राम्रो रहेन । टिमको स्कोर मात्र १० रन हुँदा ओपनर दिलिप नाथ व्यक्तिगत ४ रनमा आउट भए । अनिलकुमार साहले बाबर हातायसँग मिलेर पारी सम्हाल्न प्रयास गरे । दोस्रो विकेटका लागि ३१ रनको साझेदारी गरेका अनिल २४ रनमा आउट भए । लगत्तै बावर हायात पनि १५ रनमा पेभेलियन फर्किएपछि विराटनगरले ४५ रनमा तेस्रो विकेट गुमायो ।

कप्तान पारस खड्का पनि मात्र दुई रनमा आउट भए । पवन सर्राफले आक्रामक पारी खेल्दै विराटनगरलाई सम्मानजनक स्कोरतर्फ डोहोर्‍याए । उनले सुभम कामतसँग छैटौं विकेटका लागि २६ रनको साझेदारी गरे भने मञ्जित श्रेष्ठसँग २७ रनको पार्टरसिप गरे । सरार्फले ३४ बलमा ४१ रन बनाए । चौराहाका सुनिल धमलाले चार विकेट लिए भने रोहन मुस्तफा र कप्तान सोमपाल कामीले समान दुईरदुई विकेट हात पारे । यो प्रतियोगितामा अर्को रोचक पक्ष पनि थियो । विराटनगर किङ्ग्स सम्हालेका पारस खड्का नेपालका टिम कप्तान हुन् । त्यस्तै विराटनगरबाटै खेलिरहेका रहेका बाबर हायात हङकङका टिम कप्तान हुन् भने टिम चौराहा धनगढीबाट खेलिरहेका रोहन मुस्तफा युएईका टिम कप्तान हुन् ।