Wednesday 25th November 2020

    हाम्रो नाराले दुरगामी सोचलाई प्रतिबिम्बित गर्छ : सुबोध कुमार गुप्ता    एक वर्षका २६ एकादशी, कुन व्रत केका लागि बसिन्छ ?    महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु    बर्दिवासमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन रोक    शताब्दी वाङ्मय पुरुष जोशीद्वारा दुई पुस्तक र एक गीति एल्बमको लोकार्पण

 अप्रिलमा जन्मिएका युवा अचम्मका हुन्छन्

Thursday, April 5, 2018 National Power


कुनै पनि सालको अप्रिल महिनामा जन्मनेहरूका विषयमा एस्ट्रोलोजी भन्छः अप्रिलमा जन्मनेहरू अत्यन्त सुन्दर, रोबदार, जिद्दी तथा हँसिलो हुन्छन् । कलात्मक चिजवस्तुको सौखिन तथा एडभेन्चर रुचाउने स्वभावका हुन्छन् । यिनीहरूमा एक विशेष प्रकारको पागलपन ९सकारात्मक अर्थमा० पाइन्छ । यिनीहरूको स्वभाव अचम्मलाग्दो हुन्छ ।

रिसमाथि अलिकति पनि नियन्त्रण रहँदैन । मुखमा आएको कुरा बोलिहाल्ने अनि अरूले चाहिँ आफूलाई माफ गरिदिऊन् भन्ने आश राख्ने स्वभाव हुन्छ । यति हुँदाहुँदै पनि यिनीहरू रामरमाइलो गर्ने कुरामा अग्रसर तथा हरेक किसिमका पार्टी एवं फंक्सनका अवसरमा सबैको नजर आफूतिर तान्नसक्ने दक्षताले युक्त हुन्छन् । यो महिनामा जन्मने युवावर्गको सेन्स अफ ह्युमर पनि सार्‍है राम्रो हुन्छ ।

अप्रिलवालाहरूको खास विशेषता के हो भने यिनीहरू सार्‍है रोमान्टिक हुन्छन् । सोर्‍ह वर्ष उमेर पुग्दानपुग्दै यिनीहरूको लभ अफेयरका चर्चा फैलिसक्छन् । यिनीहरूमा एकै पटक चार-पाँचवटा अफेयर सम्हाल्नसक्ने खुबी हुन्छ । यति कुशल नाटकबाज हुन्छन् कि जस्तोसुकै चलाख भन्नेहरू पनि यिनीहरूको जालमा फसिहाल्छन् । लुकिचोरी गरिएका काम अरूले थाहा पाए भने रुन्चे अनुहार लगाएर यति निर्दोषजस्तो बन्छन् कि आक्रमणको उद्देश्यले आएकाहरू समेत यिनीहरूमाथि दया देखाउन थाल्छन् । आवश्यक परेका बेलामा रुनु(कराउनु, नाटक पार्नुजस्ता कार्य यिनीहरूका लागि बायाँ हातको खेल हो ।

सेक्सको मामिलामा पनि खुबै भाग्यमानी हुन्छन् । यिनीहरूलाई विपरीत लिङ्गीबाट पनि पर्याप्त प्रेम प्राप्त हुन्छ । यिनीहरूको आफूमाथिको नियन्त्रण केही कम हदसम्म कम हुन्छ तसर्थ अवसर पाउने बित्तिकै यिनीहरू कुनै पनि सीमा नाघ्न अप्ठ्यारो मान्दैनन् ।

अप्रिलमा जन्मिएका युवा खेलकुद, पत्रकारिता, विज्ञापन एजेन्सी एवं राजनीतिक क्षेत्रमा सफल हुन्छन् । यिनीहरूको विशेषता नै मान्नुपर्छ( सार्‍है मोजमस्ती एवं उटपट्याङ तथा नैतिक-अनैतिक जस्तोसुकै काम गरिसकेपछि पनि विवाहपश्चात् सम्बन्धमा यति गम्भीर एवं समर्पित भएको नाटक गर्छन् कि यिनीहरूको पुरानो कुरामाथि कसैलाई विश्वास नै हुँदैन । यिनीहरू विलक्षण प्रतिभाका धनी हुन्छन् । जुनसुकै क्षेत्रमा कदम राखे पनि सफलताको शिखर चुम्न सक्छन् । मिडियामा छाइरहन जानेका हुन्छन्, चाहे उक्त फिल्डसँग कुनै लेनादेना नै किन नहोस् ।

यो महिनामा जन्मिएका युवतीहरू फाल्तु खर्च गर्नमा नम्बर वान हुन्छन् । कसैले यो बानीलाई लिएर केही भन्यो भने यिनीहरूलाई सहन हुँदैन । यिनीहरू रिसालु हुन्छन्, रिस उठेको बेलामा आँखा देख्दैनन् तसर्थ यिनीहरू रिसबाट बच्नु नै श्रेयस्कर हुन्छ । बोली छुच्चो हुने भए पनि मुस्कान मीठो हुन्छ । यिनीहरूले सफल हुन चाहने हो भने बोलीमाथि नियन्त्रण राख्नुपर्ने हुन्छ ।

आफ्नो गल्तीलाई अरूको टाउकामा थोपर्न छाड्ने हो भने यिनीहरूको तेजका अगाडि टिक्न हिम्मत कसैको हुँदैन । यिनीहरू आफ्नो दुस्मन आफैं हुन् तर संसारलाई दुस्मन देख्छन् । यिनीहरूलाई आफ्नो रूप एवं सौन्दर्यमाथि गर्व हुन्छ, यसकारण अप्रिलमा जन्मिएका अधिकांश सुन्दरीहरू घमन्डी एवं पुल्पुलिएका हुन्छन् ।