Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

साझा यातायातले रत्नपार्कदेखि बनेपासम्म आजैदेखि सेवा दिने

Wednesday, April 4, 2018 National Power

२१ चैत,काभ्रे –  साझा यातायातले तत्कालको समस्या समाधान गर्ने गरि रत्नपाक देखि वनेपासम्म वस सञ्चालनमा ल्याउने भएको छ । सिण्डीकेटको पक्षमा रहेका यातायात व्यवसायीले कोटेश्वर पुर्वका सार्वजनिक सवारी साधन रोकेका छन् । मयुर यातायातले धुलिखेलसम्मको रुट इजाजत पाएपछि अन्य यातायात व्यवसायी विरोधमा उत्रेका थिए ।

अरनिको यातायातका ११ समितीले वस रोकेपछि साझाले आफ्ना वस उक्त रुटमा चलाउने भएको हो । साझाले यात्रुहरुको असुविधालाई ध्यानमा राखेर रत्नपार्कदेखि बनेपासम्म सेवा विस्तार गर्न लागेको वताइएको छ ।  साझाले १६ वस बनेपासम्म सञ्चालन गर्न लागेको लेखा अधिकृत गोपाल प्रसाद पन्तले वताए । विहिवारदेखि धुलिखेलसम्म साझाका वसहरु चल्ने उनले वताए ।

यातायात व्यवस्था विभागले अरनिको राजमार्ग अन्तरगतको धुलिखेलसम्मको रुट इजाजत लिन आउन यातायात व्यवसायीहरुलाई बुधबार आह्वान गरेको हो । यस रुटमा चल्ने धेरैजसो यातायात सेवा समितिले बस संचालन गर्न अटेर गरेपछि अन्य यातायात संचालकहरुलाई पनि धुलिखेलसम्मको रुट इजाजत लिन आह्वान गरिएको विभागका निर्देशक तुलसीराम अर्यालले जानकारी दिएका छन्

अरबिन्द्र गौतम / काभ्रे