Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

‘तिम्रै मुस्कान…’ भन्दै गायक आरवी पुन

Wednesday, April 4, 2018 National Power

काठमाडौं – गायक आरवी पुन ‘तिम्रै मुस्कान…’ भन्दै आएका छन् । उनले स्रोता/ दर्शकमाझ लिएर आएको गीतमा यसो भनेका हुन् ।
पिता भक्तबहादुर पुन र माता युमाया पुनको कोखबाट जन्मिएर रुपन्देही लक्ष्मी टोल घर भई हाल पोर्तुगल बस्दै आएका रामबहादुर पुन (आरवीपुन)ले स्रोता माझ ल्याएको यो गीतमा निरोज लामाको सङ्गीत, राजकुमार देवकोटाको शब्द, अमोश तामाङको एरेञ्ज रहेको छ ।
फिल्मी, पप, रोमान्टिक र आधुनिक तथा लोक पप गीतमा रुची राख्ने उनका सङ्गीतगुरु सुर्य दयालु हुन् । पाँच वर्षदेखि विदेशमा रहँदै आएका उनको केही समय पहिला ‘साहिँली तिमीलाई…’ भएको थियो ।

गायन लेखन र संगीत संयोजनलाई सँगसँगै अघि बढाएका उनले अहिलेसम्म अञ्जु पन्त, मेलीना राई, प्रताप लामा, बिन्दु परियार, भगवान भुजेललगायतका गायक गायिकासँग गीत गाएका छन् । उनका एक दर्जन भन्दा बढी गीत स्रोता÷दर्शकमाझ आएका छन् ।
‘सङ्गीत भोगाई अनुभव र अनुभुतीहरुलाई अभिव्यक्त गर्ने माध्यम हो र सङ्गीत मेरोलागी मनको प्यास हो जुन प्यासले मलाई निरन्तर साधनातिर धकेल्ने गर्छ’, भन्छन् आरबी पुन । आफ्ना अन्य गीत जस्तै तिम्रै मुस्कानले पनि स्रोता÷दर्शकको साथ पाउनेमा आशावादी रहेको उनले बताए ।