Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

कान्छा निर्देशकको ‘हैरान’को पोष्टर रिलिज

Tuesday, April 3, 2018 National Power

२० चैत,काठमाण्डौ – चलचित्र ‘हैरान’को पोष्टर रिलिज गरिएको छ । चलचित्रको छायांकनमै समय लागेपछि यसको निर्माणपक्षले प्रचारको कुनै पनि सामाग्री बाहिर ल्याउन सकेको थिएन ।

तर, अब जेठ ४ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकिएपछि यसको निर्माणपक्ष प्रचारमा तातेको हो । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको पोष्टर रिलिज गरिएको छ । चलचित्रको पोष्टरमा सबै कलाकार अटाएका छन् ।

यो चलचित्र जेठ ४ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित बिष्ट, सागर लम्साल, निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मा मुख्य भूमिकामा छन् ।

चलचित्रलाई विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै सौगातले आफूले राम्रो चलचित्र बनाएको बताए । यो चलचित्र कमेडी जनरामा तयार भएको छ । डान्स फेभरको ब्यानरमा निर्माण भएको चलचित्रमा मुक्ती घले, श्रृष्टी घिमिरे र डाक्टर वाइ एल लामाको लगानी छ । संझना पोखरेल चलचित्रकी कार्यकारी निर्माता हुन् ।