Sunday 14th July 2024

    चलचित्र कलाकार संघ र महर्षि वैदिक फाउण्डेसनको ध्यान एवं योगासनको अभ्यास कार्यक्रम सम्पन्न    Writers Corner Nepal welcomed the esteemed Indian poet Dr. Bhawani Shankar    नेपाली कांग्रेस जन सम्पर्क समिति अल कासिमको सभापतिमा टिकाराम तामाङ चयन    Esteemed Indian poet Nil including 16 Nepali poets recited the poem    कार्कीको नेतृत्वको फान यूएसए च्याप्टरलाई कलाकार संघको आधिकारिता

‘क्रिसमसमा बिदा दिने, रामनवमीमा काट्ने हिन्दुधर्म कमजोर बनाउने षडयन्त्ररु निर्णय सच्याऊ’ – कमल थापा

Tuesday, April 3, 2018 National Power

२० चैत,काठमाडौं- नेपाल सरकारले २२ वटा सार्वजनिक बिदा कटौती गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २२ वटा बिदा कटौतीको निर्णय गरेको हो । यो वर्ष १०४ दिन सार्वजनिक बिदा रहेको र आगामी वर्ष ८९ दिन मात्र सार्वजनिक बिदा हुनेछ । तर, २२ वटा सार्वजनिक काट्दा हिन्दु धर्मावलम्बीले मान्दै आएको चाडपर्वको काटिएको भन्दै विरोध सुरु भएको छ ।

राप्रपा अध्यक्ष कमल थापाले सरकारलाई आफूले गरेका निर्णय सच्याउन माग गरेका छन् । उनले राष्ट्रिय एकता दिवस र सनातन धर्मावलम्बीहरूरुको महत्वपूर्ण धार्मिक र सांस्कृतिक पर्व बिदा कटौती गर्ने निर्णय दुर्भाग्यपूर्ण भनेका छन् । उनले आफ्नो फेसबुक मार्फत बिदा सच्याउन आग्रह गरेको छ ।

थापाले आफ्नो फेसबुकमा यस्तो लेखेको छ : राष्ट्रिय एकता दिवस र सनातन धर्माबलम्बीहरुको महत्वपूर्ण धार्मिकरसांस्कृतिक पर्वबिदा कटौती निर्णय दुर्भाग्यपूर्ण।क्रिसमसमा बिदा दिने तर श्रीकृष्ण जन्माष्टमी,रामनवमी र घटस्थापनामा बिदा नदिने निर्णय पुर्वाग्रही छ।सरकार हिन्दुधर्म कमजोर बनाउने षडयन्त्रको संवाहक बन्यो।निर्णय सच्याउ