Thursday 25th April 2024

    फान अवार्डको तेश्रो संस्करण असार तेश्रो साता हुदै    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक    यूएईमा राष्ट्रिय लोक सांस्कृतिक संघको साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न    नेपालमै अब अन्तर्राष्ट्रियस्तरको जिम ट्रेनर प्रशिक्षण    मिष्टर एण्ड मिस नेशनलमा भिड्दै डा. आयुष्नोभा

सरकार आयो, तपाईको गुनासो सुनाउनुहोस् : अध्यक्ष गुमानध्वज कुवर

Monday, April 2, 2018 National Power

१९ चैत , काभ्रे –  शुक्रबार जिल्लाको भुम्लु गाउँपालिका वडा नं १ मा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा कार्यक्रम भइरहेको थियो । कार्यक्रममा अन्तिम वक्ताको रुपमा थिए प्रमुख अतिथि समेत रहेका भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुवर, नितान्त फरक शैलीमा शुरु भयो उनको भाषण । “लौ सरकार तपाईंको आँगनमा आईपुगेको छ, के–के छ गुनासो सुनाउनु होला ” अध्यक्ष कुवरले भने , अध्यक्ष कुवरले यति भन्ने वित्तिकै हात उठाए आफ्नो कुरा राख्न थाले जनताले , खुल्ला दिशाामुक्त वडा घोषणा गर्न पुगेका गाउँपालिका अध्यक्ष कुवरले जनताको गुनासो एक एक गरि सुने ।

दिदिबहिनीहरुले चाहे रक्सी बन्द हुन्छ

रक्सी जथाभावी विक्रि वितरण भएको कारण गाउँमा महिला हिंसा बढेको गुनासे सहभागी महिलाहरुले गरे । कुवरले गुनासोको जवाफ दिंदै महिलाहरुले आँटे रक्सी बन्द हुने बताए । ‘रक्सी दिदिबहिनीहरुले आँट गरे बन्द हुन्छ ।’ उनले सुझाए– ‘आफ्नो लोग्नेले रक्सी खाएर आए घर भित्र नछिराउनुहोस् । अति नै भए प्रहरी पठाउछु, गिरफ्तार गरेर कार्वाही गराउँछु ।’ गिरफ्तार भैसके पछि आफ्नो मान्छु छुटाउन नआउन पनि उनले गुनासो कर्ताहरुलाई अनुरोध गरे ।

अल्छि मास्टर चाहिएन
शिक्षकहरुकोबारेमा गुनासो आएपछि अध्यक्ष कुवरले पढाउन अल्छि गर्ने शिक्षकलाई अकौं विद्यालयमा पठाउने चेतावनी दिए । ‘पढाउनु त कता हो कता सुतेर बसेको शिक्षक पनि मैले देखेको छु ।’ उनले भने– ‘अब अल्छि शिक्षका दिन गए ।’

महिला स्वयंविकाको प्रशंसा
कुवरले महिला स्वयंसेविकाको खुलेर प्रशंसा गरे । विना तलब, विना कुनै सुविधा जनताको स्वास्थ्य प्रति इमान्दार भएर लागेकोले अर्को वर्षदेखि महिनाको १ हजार भत्ता दिने उनले बताए । महिला स्वयंसेवीकाहरुलाई टेलिफिल्मको देवी बन्न पनि अनुरोध गरे । ‘टेलिफिल्मको देवी बन्नपर्छ तपाईहरु ।’ उनले भने । कुवरले गरिब र दलितको घरमा सबैभन्दा पहिला सेवा पु¥याउन अनुरोध गरे । ‘मैले सुनेको छु, दलित र गरिबको घरमा तपाईंहरु जान आनाकानी गर्ने गरेको छ रे ।’ अध्यक्ष कुवरले भने– ‘दलित र गरिबकोमा सबैभन्दा बढी जानुहोस्, धनिले एम्बुलेन्स प्रयोग गर्छन्, जुनसुकै अस्पतालमा लान सक्छन् ।

अरबिन्द्र गौतम / काभ्रे