Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

कमल थापाले भने–एक दिन सबैले मर्नु पर्छ, झूठ नबोलौं

Monday, April 2, 2018 National Power

१९ चैत, काठमाडौं – भूकम्पपीडितलाई थप एक लाख दिने कुनै निर्णय नभएको भन्ने दाबी गलत भएको कमल थापाले बताएका छन् । भूकम्पपीडितलाई १ लाख थप अनुदान दिने निर्णय शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले नगरेको खबर प्रकाशमा आएपछि उक्त सरकारका उपप्रधान तथा ऊर्जामन्त्रीसमेत रहेका थापाको यस्तो प्रतिक्रिया आएको हो ।

देउवा सरकारले १० माघमा भूकम्पपीडितलाई एक लाख थप अनुदान दिने निर्णय भएको बताएको थियो । तर, अहिले त्यो निर्णयको माइन्यूट नै नभएको बताइएको छ । थापाले भने यो बेइमानी भएको बताएका छन् । ‘भूकम्पपिडितलाई थप १ लाख दिने बारे स्वयं म र मुख्यसचिव भएर मन्त्रिपरिषद्को निर्णय मस्यौदा गरेको हो र मुख्यसचिवले सो बैठकमा सुनाएपछि औपचारिक निर्णय भयो’, थापाले ट्वीट गर्दै भनेका छन, ‘यदि निर्णयलाई माइन्युट नगरेको हो भने सो कार्य मुख्यसचिव र मन्त्रिपरिषद् कार्यालयको बेइमानी हो ।’

उनले अघि लेखेका छन्, ‘एकदिन सबैले मर्नुपर्छ, झूठ नबोलौं ।’