Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

बार्सिलोना हारबाट मुस्किलले जोगियो, अन्तिम समयमा मेस्सीले गरे गोल

Sunday, April 1, 2018 National Power

१८ चैत, काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना हारबाट मुस्किलले जोगिएको छ । अन्तिम समयमा एक मिनेटको अन्तरमा दुई गोल फर्काएपछि लिग लिडर बार्सिलाना सेभिल्लासँग हारबाट जोगिएको हो ।

२(० ले पछि परेको अवस्थामा ८८ र ८९ औं मिनेटमा लुइस स्वारेज र लियोनल मेस्सीले एक(एक गोल फर्काएका थिए । सेभिल्लाले ३६ औं मिनेटमा भाज्क्वेजको गोलबाट सुरुवाती अग्रता लिएको थियो । त्यसको १४ मिनेटपछि मुरिएलले अर्को गोल गरेपछि सेभिल्लाले २(० को अग्रता लियो । त्यसपछि दबावमा परेको बार्सिलोनाका लागि ८८ औं मिनेटमा स्वारेजले एक गोल गरे ।

त्यसको एक मिनेटपछि स्टार स्ट्राइकर लियोनल मेस्सीले अर्को एक गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । चोटका कारण अर्जेन्टिनाविरुद्धको मैत्रीपूर्ण खेल नखेलेका मेस्सी शनिबार राति सेभिल्लाविरुद्ध भने थप खेलाडीको रुपमा मैदान छिरेका थिए ।

बार्सिलोनाले यो सिजनको ला लिगामा हार व्यहोरेको छैन । तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७६ अंक छ । दोस्रो स्थानमा रहेको एथलेटिको मड्रिडको ६४ र तेस्रो स्थानमा रहेको रियल मड्रिडको ६३ अंक छ ।