Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

देशभरका विद्यालयमा पहेंलो रंग लगाउन सरकारको निर्देशन

Monday, March 26, 2018 National Power

१२ चैत, काठमाडौं – देशभरका विद्यालय भवनलाई पहेंलो रंगले रंग्याउनुपर्ने भएको छ । विद्यालयको मुख्य भवन, शौचालय लगायत सबै प्रकारका भौतिक पूर्वाधारमा पहेंलो रंग लगाउन शिक्षा विभागले निर्देशन दिएको हो । सरकारले यसअघि विद्यालयका बसहरु पनि पहेंलो रंगको हुनुपर्ने नियम बनाएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागले सार्वजनिक भवनहरुमा प्रयोग हुने रंग सम्बन्धी निर्देशिका २०६९ जारी गरेको थियो । तर, यसको पालना नभएपछि शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यालयहरुलाई ‘कलर कोड’ प्रयोग गर्न परिपत्र गरेको छ । निर्देशिकाको अनुसूची ५ अनुसार विद्यालयको मुख्य भाग प्लास्टर गरेको हुनुपर्ने छ र फिका पहेंलो रंग लगाउनुपर्ने छ । पहेंलो रंग उज्यालो हुने र वुद्धिजिवीलाई मन पर्ने भएकाले यसलाई बाहिरी भागमा प्रयोग गर्न भनिएको शिक्षा विभागका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए ।

भवनको छानो रातो रंगको टेराकोटा टाइल वा स्लेट हुनुपर्ने छ । यसैगरी झ्याल र ढोकाको चौकोस तथा खापा सेतो वा गाढा खैरो हुनुपर्ने छ । कक्षा कोठाका भित्ता क्रिम वा आईभोरी रंगको हुनुपर्ने निर्देशिकामा उल्लेख छ । कार्यमा एकाग्रता ल्याउने, उज्यालोपन बढाउने र मैलो नहुने भएकाले यस्तो रंग प्रयोग गर्न भनिएको विभागका प्रवक्ता दाहालले बताए । यसैगरी सिलिङ, सभाकक्ष, करीडोर र भर्‍याङको भित्ताको माथिल्लो भागमा सेतो रंग लगाउन बिभागले भनेको छ । करीडोर र भर्‍याङको तल्लो भागमा भने खैरो रंग लगाउनुपर्ने छ ।