Wednesday 6th December 2023

    सिविसको आयोजनामा सांसदहरुसँग नीति संवाद    प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक विनीत सिंहको लाइभ शो सम्पन्न    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल

प्रदेश प्रमुख बनेपछि खुल्यो अनुराधा कोइरालाको कर्तुत, सबै चकित हुने यस्तो धन्दा !

Sunday, March 25, 2018 National Power

११ चैत, काठमाण्डौ – माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले समाजसेवाको नाममा अबैधरुपमा भौतिक संरचना खरिद गर्ने गरेको खुलासा भएको छ । विभिन्न बैंकमा धितो राखिएका घरजग्गालाई बैंककै कर्मचारीको मितिमतोमा लिलामी अगाडिनै गुपचुप जग्गा खरिद गर्ने गरेको पछिल्लो घटनाक्रमबाट खुल्न आएको छ । कोइरालाले माइती नेपाल नामको संस्थाको आडमा विभिन्न ठाउँमा जग्गा खरिद गर्दा सरकारलाई बुझाउनु पर्ने राजस्व समेत छली गर्दै आएको खुलेको छ । माइती नेपालको नाम भजाउदै बैंकले विभिन्न मितिमा विभिन्न व्यक्तीको लिलाम गरेको जग्गा खरिद गर्ने क्रममा २० लाख रुपैयाँ राजस्व छली गरेकी छिन् । प्राप्त समाचार अनुसार मधु केसी नामको व्यक्तीको चावहिल कुमारीगालको २१ आना जग्गा काठमाडौंकै एक बैंकमा धितो राखी ऋण लिएका थिए ।

उनले ऋण तिर्न नसकेपछि उक्त जग्गा लिलामीको प्रक्रियामा बैंकले गरेको थियो । लिलामको मिति २०७३ कात्तिक ११ गते तोकिएको भएपनि कोइरालाले लिलाम गरिएको कात्तिक १० गते नै सो जग्गा बैंकबाट ४ करोड ३० लाख रुपैयाँमा खरिद गरेकी थिईन । बैंकले नै धितो सकार्दा मालपोत कार्यालयले ७ हजार रुपैयाँ राजस्व लिने ब्यवस्था रहेको छ । गत बर्षसम्म ५ हजार रुपैयाँ रहेको थियो ।

ब्यक्तिको नाममा दाखिला गर्दा साढे ४ प्रतिशतका दरले राजस्व तिनुपर्छ । ब्यक्तिले जग्गा दर्ता गर्दा ४ करोड ३० लाख रुपैयाँको साढे ४ प्रतिशतका दरले करिब २० लाख रुपैयाँ राजस्व अनुराधा कोइरालाले तिर्नुपर्नेमा ५ हजार रुपैयाँ मात्र तिरेर आफ्नो नाममा लिखत गरि जग्गा आफ्नो नाममा पास गरेकी थिईन । लिलामी प्रकृयाको समय सकिनु अघिनै कोइरालाले सो जग्गा खरिद गरेको बैक स्रोतले जनाएको छ । चावहिल मालपोत कार्यालयका खरिदार लक्ष्मण बस्नेत र नायब सुब्बा थामप्रसाद श्रेष्ठले अनुराधा कोइरालाबाट १० लाख रुपैयाँ घुस लिएर जम्मा ५ हजार रुपैयाँ मात्र राजस्व तिराई जग्गा दाखा गरेका हुन । माइती नेपालकी अध्यक्ष र सहायकमन्त्री समेत भइसकेकी अनुराधा नै नियमतः लाग्ने राजस्व नतिरी घुस खुवाएर काम गर्न उद्यत हुनुले उनको नैतिकतामा पनि प्रश्न उठाएको छ ।

२० लाख रुपैयाँ राजस्व मारेर मालपोत कार्यालय चावहिलका खरिदार बस्नेत र नासु श्रेष्ठले १० लाख रुपैयाँ घुस लिएको कुरा सोही कार्यालयका एक कर्मचारीले नाम नलेख्ने सर्तमा बताए । घुस खाएको हल्ला फैलंदै गए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गर्नसक्ने संभावना देखेर हतार हतार उक्त जग्गा रोक्का राख्ने काम खरिदार बस्नेत र नासु श्रेष्ठले गरेका छन । अनुराधाले खरिद गरेको ३ दिनपछि खरिदार बस्नेत र नासु श्रेष्ठले जग्गा रोक्का राखी मालपोतमा राजस्व तिर्न ताकेता गर्न थालेका छन । अनुराधा जग्गा खरिद गरी विदेश भ्रमणमा निस्केकाले उनका परिवारजनले किन तिर्ने राजस्व, त्यत्रो घुस दिएको बारेमा अस्वीकार गर्दैआएकी छिन् ।

चावहिल मालपोत कार्यालयका प्रमुख तीर्थ केसीले मलाई केही थाहा छैन भन्दै उक्त जग्गा प्रकरणमा भएको घुस लेनदेनप्रति अनभिज्ञता प्रकट गरेका छन । उनले भने, ‘म भर्खरै सामान्य प्रशासन मन्त्रालयबाट आएको हुँ, केही थाहा छैन, बुझ्छु ।’ खरिदार बस्नेत अख्तियारका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यात नाता पर्ने भन्दै बदनाम गर्न उद्यत छन ।

जनबोली डटकमबाट